वडगाउँमा विविध प्रतियोगिता
रुकुम पश्चिम, माघ १, २०७७ ।
‘वडामा असिमित योजना छन्, बजेट छैन्’
रुकुम पश्चिम, पुष २५, २०७७ ।
मुसीकोट नगरपालिकाका साविकका वडा नं. ३ र ४ मिलेर बनेको छ, हालको मुसीकोट वडा नं. ५ । यो वडा सबै विकास निर्माणका हिसावले सुगममा पर्छ । शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत लगायतको सुविधा अन्य वडाको तुलनामा यो वडामा बढी छ । जिल्ला सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकाका सबैभन्दा विकसित वडा मध्यमा...
वडाध्यक्षको कर्मः दिनभरी समाज सेवा, साँझ–बिहान डोकोमा बोकेर तरकारी विक्री
रुकुम पश्चिम, आईतबार, मंसिर २८, २०७७
शसिराम बुढाथोकी सानीभेरी गाउँपालिका–८, का वडाध्यक्ष हुनुहुन्छ । दिनभर उहाँ जनताको सेवामा खट्नुहुन्छ । साँझ–बिहानको समय भने उहाँ खेतिपातिमा विताउनुहुन्छ । विभिन्न तरकारी उत्पादन गर्नुहुन्छ र आफैले डोकोमा बोकेर बजारसम्म लिएर बेच्नु हुन्छ । गाउँबाट २ घण्टाको पैदल दुरीमा रहेको सिम्ली बजारसम्म उहाँ आफै डोको बोकेर पुग्नुहुन्छ र तरकारी बेच्नुहुन्छ...
वजस, गाजस प्रमुख समेत भएका मनकारी वडाअध्यक्ष
रुकुम पश्चिम, शनिबार, मंसिर १३, २०७७
वडाध्यक्ष केसीले गाउँपालिका, प्रदेश, संघ तथा अरु निकायबाट आएको प्राप्त बजेट त परिचालन गर्नुभएको छ नै । उहाँले आफैले व्यक्तिगत रुपमा पनि नगद योगदान गर्दै आउनु भएको छ । आफूले पाउने सेवा सुविधा र तलबबाटै विभिन्न सामाजिक काममा खर्चदै आउनुभएको छ ।
‘जनतालाई स्थानीय सरकारको महशुस गराउन बाँकी छ’
रुकुम पश्चिम, शनिबार, कार्तिक २२, २०७७
मोहनकिशोर ओलीको हालको दैनिकी उहाँले सोचेको भन्दा फरक छ । परिस्थिति जे छ त्यसै अनुसार अघि बढ्ने क्रममा उहाँ त्रिवेणि गाउँपालिका १ को वडा वडाध्यक्ष हुनुहुन्छ । तत्कालिन पार्टी नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा चुनाव लड्नु पर्ने भनेर निर्णय गरेपछि चुनाव लडेर वडाध्यक्षमा निर्वाचित ओली यसै परिस्थितिलाई अनुकुल बनाएर वडाको निर्माणमा...