Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाद्धारा ठूलो मात्रामा म्याद गुज्रिएका सामग्री नष्ट
टिप्परले कुल्चिएर म्याद गुज्रिएका सामग्री नष्ट गरिदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले ठूलो मात्रामा म्याद गुज्रिएका सामग्रीहरु नष्ट गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङको दुर्गा इन्टरप्राइजेज र साेही बजारमा रहेकाे थानबहादुर केसीकाे पसलबाट बरामद गरिएका ३ लाख ७७ हजार ५ सय ३८ रुपैंया बजार मुल्य बरारबरका म्याद गुज्रिएका सामग्री नगरपालिकाले आज नष्ट गरेको हो । जसमध्येमा दुर्गा इन्टरप्राइजेजबाट  ३ लाख १७ हजार ३८ रूपैंया र थानबहादुर केसीकाे पसलबाट ६० हजार ५ सय मुल्य बराबरका सामग्री बरामद गरिएकाे थियाे । 

बजार अनुगमनका क्रममा गत कार्तिक ४ गते सिल गरिएका म्याद गुज्रिएका सामानहरु मंगलबार बजार व्यवस्थापन समितिका अध्यक्ष शंकरकुमार शर्मा लगायतको रोहबरमा मुसिकोट नगरपालिकाले बरामद गरेको थियो । उक्त सामग्री आज मुसिकोट नगरपालिका वडा नम्बर २ को सतिपोलेमा अवस्थित डम्पिङ साइटमा लिएर नष्ट गरिएको नगर प्रहरी प्रमुख उमेश केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार म्याद गुज्रिएका सामग्रीमा सबैभन्दा बढी विभिन्न कम्पनीका पेय पदार्थ रहेका छन् । जसमा कोक, म्यांगो जुस, लिचि जुस, ट्यांगो जुस लगायत रहेको केसीले बताउनुभयो । म्याद गुज्रिएका दालमोठ चना फ्राई पनि बरामद गरी नष्ट गरिएको भनाई छ । आज नगर उप प्रमुख विमलकुमार पुन, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रशासन, पशु सेवा कार्यालय, नगर पशु र कृषि शाखा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र पत्रकार लगायतको रोहबरमा उक्त सामग्री नष्ट गरिएको हो । 

नष्ट गरिएका सामग्रीको विवरणः

319390017_868615234171359_7259253769332132664_n1671014950.jpg

319350181_525099256339529_3119467907648804942_n1671014948.jpg

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update