Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा १ वर्षमा सवारी दुर्घटनामा १२ जनाको मृत्यु 
फाइल फाेटाे ।

रुकुम पश्चिममा वितेको आर्थिक वर्ष २०७९/०८० मा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । एक वर्ष भरीमा ७३ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।कार्यालयको तथ्यांक अनुसार सोही अवधिमा सवारी दुर्घटनामा परी कुल १ सय ३२ जना घाइते भएकामा १ सय ४ जनाको अवस्था सामान्य थियो भने २८ जनाको अवस्था गम्भिर थियो । यो गत वर्षको साउन १ गते देखि असार अन्तिमसम्मको विवरण हो । 

सबै भन्दा बढी सवारी दुर्घटना कार्तिक महिनामा १२ वटा भएका छन् भने सबैभन्दा धेरैको मृत्यु जेठमा ७ जनाको भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतले बताउनुभयो । त्यस्तै माघ महिनामा ६ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । 

साउन महिनामा १०, पौष महिनामा ५ र असार महिनामा ६ वटा सवारी दुर्घटना भएका छन् । यि महिनामा १/१ जनाको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख कठायतले बताउनुभयो । भदौमा ५, असोजमा ६, मंसिरमा ४, फागुनमा ६, चैत्रमा ८ र बैशाखमा एउटा सवारी दुर्घटना भएको छ । यि महिनामा कुनैपनि व्यक्तिको मृत्यु नभएको ट्राफिक प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update