रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर १ सल्लेमा एक महिला मृत फेला परेकाे घटनाकाे अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुर सहितकाे टाेली आउदै छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार कर्णाली प्रदेश कुकुर शाखा नेपालगञ्जबाट कुकुर सहितकाे टाेली आइरहेकाे छ । नेपालगञ्जबाट कुकुर र दुई जना प्रहरी तथा सुर्खेतबाट दुई जना गरि कुकुर सहितकाे ४ जनाकाे टाेली बाटाेमा रहेकाे उहाँकाे भनाई छ ।
घटना शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि कुकुर सहितकाे अनुसन्धान टाेली बाेलाइएकाे डिएसपी भट्टराईले बताउनुभयाे । अहिले शव घटनास्थलमै रहेकाे छ । अनुसन्धान चलिरहेकाेले शव नउठाइएकाे प्रहरीकाे भनाई छ । सल्लेकी ५२ वर्षिया हस्तकली बुढाथाेकी गयराती आफ्नै घरमा मृत फेला पर्नुभएकाे थियाे । बाहिरबाट ढाेका लगाइएकाे अवस्थामा शव फेला परेपछि हत्याकाे आशंका गरिएकाे छ । अनुसन्धानकै क्रममा रहेकाे थप भन्न सकिने अवस्था नरहेकाे प्रहरीले जनाएकाे छ ।