श्रीकृष्ण यस जगत्का उत्पति, स्थिति र प्रलयका कारक हुनुहुन्छ । श्रीकृष्ण सच्चिदानन्द स्वरूप हुनुहुन्छ । यस्ता भगवान् श्रीकृष्णको सबैले वन्दना गर्नुपर्छ र मान्नुपर्दछ भनी शास्त्रमा वर्णन गरिएको छ । हजारौं वर्षअघि भाद्र कृष्णाष्टमीका दिन रोहिणी नक्षत्रमा उत्तर भारतको ब्युटसेन नामक देशको राजधानी मथुराको झ्यालखानामा राति १२ बजेको समयमा वासुदेवकी श्रीमती देवकीको गर्भबाट परब्रह्म परमेश्वरको पूर्ण अंश लिएर श्रीकृष्ण अवतारका रूपमा जन्म भई अवतरण हुनुभएको हो । आज भाद्र कृष्ण जन्माष्टमी भगवान कृष्णको पूजाआराधना गर्ने दिन आफ्नो इच्छा शक्तिदिने मन्त्रहरु यसप्रकार छन् ।
श्रीकृष्ण गोविंद हे राम नारायण, श्रीपते वासुदेवाजित श्रीनिधे।
अच्युतानन्त हे माधवाधोक्षज, द्वारकानायक द्रौपदीरक्षक ।।
अर्थ– हे कृष्ण, गोविन्द, राम, नारायण, रमानाथ, वासुदेव, अजेय, शोभाधाम, अच्युत, अनन्त, माधव, अधोक्षज (इंद्रियातीत), द्वारकानाथ, द्रौपदीरक्षक ।
अधरं मधुरं वदनं मधुरं नयनं मधुरं हसितं मधुरं ।
हृदयं मधुरं गमनं मधुरं मधुराधिपतेरखिलं मधुरम् ।।
अर्थ– श्री मधुरापधिपतिको सबै मधुर हुन्छ । उनको
उदर मधुर छ । मुख मधुर छ, नेत्र मधुर छन, हास्य मधुर छ र गति पनि अति मधुर छ ।
–वसुदेवसुतं देवं कंसचाणूरमर्दनम् ।
देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरुम ।
अर्थ– कंस र चाणूरको वध गर्ने देवकी का आनंदवर्धन, वासुदेवका नन्दन जगद्गुरु श्रीकृष्णको म वन्दना गरिरहु ।
–वृन्दावनेश्वरी राधा कृष्णो वृन्दावनेश्वरः।
जीवनेन धने नित्यं राधाकृष्णगतिर्मम ।।
–महामायाजालं विमलवनमालं मलहरं, सुभालं गोपालं निहतशिशुपालं शशिमुखम ।
कलातीतं कालं गतिहतमरालं मुररिपुं ।।
अर्थ– जसको मायारूपी महाजाल हो । जसले निर्मल वनमाला धारण गर्नुहुन्छ । जो मलको अपहरण गर्नेवाला हुनुहुन्छ । जसको सुंदर तन हुन्छ, जो गाईको संरक्षक हुनुहुन्छ । जसले शिशुपालको वध गर्नुभयो । जसको चन्द्रमा जस्तै चौडा अनुहार छ । जो सम्पूर्ण कलायुक्त हुनुहुन्छ, काललाई पनि अधिनमा राख्नुहुन्छ । आफ्नो सुन्दर गतिले हाँसलाई पनि विजय गर्ने हुनुहुन्छ । मुरदैत्यको शत्रु हुनुहुन्छ । त्यसैले परमानन्द कन्द गोविन्दको सदैव भजन गर ।
मन्त्रहरु
–ऊँ कृं कृष्णाय नमः ।।
– ऊँ श्रीं नमः श्रीकृष्णाय परिपपूर्णतमाय स्वाहा ।
– ऊँ गोवल्लभाय स्वाहा ।
ऊँ श्री कृष्णाय नमः।
– ऊँ क्लीं ग्लौं क्लीं श्यामलांगाय नमः।।
– ऊँ नमो भगवते वासुदेवाय नमः।
– ऊँ नारायणाय विद्महे, वासुदेवाय धीमहि, तन्नो कृष्णः प्रचोदयात
– ऊँ गोकुलनाथाय नमः।।