नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रुकुम पश्चिमको २७ औँ जिल्ला सम्मेलनबाट पदाधिकारी अन्तर्गत उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा निर्विरोध भएको छ । सुरुमा अध्यक्ष र सचिवमा एक भन्दा बढीकाे उम्मेदवारी परेकाे थियाे । तर सचिवका उम्मेदवार अपार रसाइलीले अन्तिममा उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा मात्र चुनाव हुने भएकाे हाे । सचिवमा दुर्गाप्रसाद विक निर्विराेध भएकाे निर्वाचन समितिले सार्वजनिक गरेकाे उम्मेदवारकाे अन्तिम नामावली सूचिमा उल्लेख छ ।
निर्वाचन समितिका अनुसार त्यसअघि नै उपाध्यक्षमा किरण विश्वकर्मा र दीपेन्द्र ओली, सह सचिवमा पूजा विक र प्रकाश डाँगी तथा कोषाध्यक्षमा विजया पुन मगर निर्विरोध भइसक्नुभएकाे छ । एकल उम्मेदवारी परेपछि यी पदमा निर्विरोध भएको हो । अब अध्यक्ष पदमा मात्र निर्वाचन हुने भएकाे छ । अध्यक्षमा पनि एक जनाकाे उम्मेदवारी फिर्ता भएकाे छ । निर्मला बुढाथाेकीले उम्मेदवारी फिर्ता लिएपछि अव अध्यक्षामा खुमराज ओली, निराजन केसी र विशाल विष्ट विच प्रतिस्पर्धा हुने भएकाे छ । जिल्ला समितिमा चयन भएका ३३ जनाले मतदान गर्न पाउने छन् । मतदान केही समयमा सुरु हुने निर्वाचन समितिले जनाएकाे छ ।