Kakhara सबैको खबर सम्पूर्ण खबर
३ जना बढी यात्रु राख्न नपाइने निर्णयकाे मसि सुक्न नपाउदै उलंघन, ७ जना यात्रु बाेकेकाे अटाे फेला

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले  आज मात्रै  अटो व्यसायीलाई नगरपालिकामा बोलाएर अटोमा ३ जना भन्दा बढि यात्रु नहाल्ने निर्णय गर्यो । तर निर्णय गरेको केही समयमै आफैले गरेको निर्णयलाई उलंघन गर्दै एकजना अटो चालकले ७ जना यात्रु र अन्य सामान राखेको पाएको छ ।

आफैले गरेको निर्णयको मसि सुक्न नपाउँदै रा १ ह ७२७८ नम्बरकाे अटाे चालक साेलावाङका अर्जुन केसीले निर्णयको उलंघन गरेको पाइएको हाे । उक्त अटाेले खलंगादेखि सोलाबाङ्ग जाँदा २ बोरा आलु, अन्य सामान सहित सात जना यात्रु  बोकेकाे थियाे ।

वडा नम्बर ४ बोरागाउँदेखि तल सालघारीमा गुडिरहेको अवस्थामा भेटिएपछि तत्काल अटो रोकी ३ जना बाहेक अन्य यात्रु झार्न लगाएको मुसिकाेट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयाे । अटो चालकलाई पहिलो पटक भएकाले चेतावनी मात्र दिइएकाे उहाँकाे  भनाई छ ।

पछिल्लो समय मुसिकोटमा अटो दुर्घटना बढ्न थालेपछि  नगरपालिकाले आजै  अटो व्यवसायीलाई बोलाएर चालक सहित ४ जनासम्म यात्रु मात्र बाेक्न पाइने निर्णय गरेको थियो । केसी उक्त निर्णयमा हस्ताक्षर गरेर फर्किदा नै ७ जना यात्रु लिएर फर्किनु भएकाे हाे ।

अटाे चालक केसीले भने ५ जना यात्रु राखेकाे दाबि गर्नुभयाे । `म खलंगाबाट फर्किदै थिए, बाेहरागाउँकाे बिचमा २ जना मान्छे हुनुहुदाे रहेछ, उहाँहरूलाई राखेकाे हाे, अगाडि दुई जना राखे मेराे गल्ति त्यही भयाे, सात जना राखेकाे हाेइन, उहाँले भन्नुभयाे ।´

 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update