भूकम्पबाट मृत्यु भएकाका परिवारलाई आठबीसकोट नगरपालिकाको २५ हजार क्रिया खर्च
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले भूकम्पबाट मृत्यु भएकाका परिवारलाई २५ हजार क्रिया खर्च दिने भएका छ । शनिवार बसेको नगर कार्यपालिका बैठकले तत्कालको राहत स्वरूप मृतकका परिवारलाई २५ हजारका दरले क्रिया खर्च दिने निर्णय गरेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । नगरपालिकामा भूकम्पमा परी ४२ जनाको मृत्यु भएको छ । प्रति मृतक २५ हजारका दरले क्रिया खर्च दिने निर्णय भएको उहाँको भनाई छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ०९:३०
प्रतिक्रिया दिनुहोस्