किरणबाबु पुनको ‘प्रेम हैन र ?’ बजारमा (भिडिओ सहित)
गायक तथा सर्जक किरणबाबु पुनले नयाँ साङ्गीतिक कोसेली बजारमा ल्याउनुभएको छ । उहाँले ‘प्रेम हैन र ?’ बोलको गीत बजारमा ल्याउनुभएको हो । यो गीतको शब्द पुनले नै लेख्नुभएको हो भने स्वर पनि पुन आफैँ र टीका पुनले दिनुभएको छ । यस्तै भिडिओमा पनि पुन आफैँ फिर्चड हुनुहुन्छ ।
उहाँको सँग जुना गुरुङ फिचर्ड हुनुहुन्छ । यो भिडियोको निर्देशन खड्गबहादुर पुन मगर (खबपु)ले गर्नुभएको हो । भिडिओमा मनै लोभ्याउन हिमाली दृश्य कैद गरिएको छ । गीतको छायाङ्कन दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोकमा गरिएको गायक तथा सर्जक पुनले जानकारी दिनुभयो । गीत किरणबाबु पुन युट्युव च्यानलबाट सार्वजनिक गरिएकाे छ ।
सम्बन्धित समाचार
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १२:२४
प्रतिक्रिया दिनुहोस्