रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पालिका स्तरीय कृषि मेला प्रदर्शनी भएको छ । कृषि विकास कार्यालय र नगर कृषि शाखाको संयुक्त आयोजनामा खलङ्गाको बाल मन्दिरमा कृषि मेदा प्रदर्शनी भएको हो । मेलामा नगरपालिकाका दुई सय कृषकले सहभागिता जनाएका थिए । कृषकले आफ्नो बारीमा उत्पादन भएको कृषि उपजलाई मेलामा ल्याएका थिए । मेलामा ल्याइएका कृषि उपजलाई मूल्याङ्कन गरी पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान निकाली कृषकलाई पुरस्कृत गरिएको छ ।
विभिन्न ६ वटा विधामा २४ जना कृषकलाई पुरस्कृत गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो । तरकारी बाली समूह तर्फ वडा नम्बर १३ का तुलवीर खत्री प्रथम, वडा नम्बर ४ का अमरबहादुर घर्ती द्धितिय, वडा नम्बर ३ का नारायण खड्का तृतीय र वडा नम्बर ५ की कौशिला पाण्डे केसी सान्त्वना हुनुभएको छ ।
निमित्त प्रमुख केसीका अनुसार फलफूल बाली समूह तर्फ मुसिकोट २ को फेडरल इन्भेस्टमेन्ट प्रा.लि. प्रथम, वडा नम्बर ५ का देवराम देवकोटा द्धितिय, मुसिकोट ८ का लोकेन्द्र ओली तृतीय र मुसिकोट ४ का दलबहादुर बोहरा सान्त्वना हुनुभएको छ ।
दलहन, तेलहन बाली समूह तर्फ वडा नम्बर १३ का दीपक रोकाय प्रथम, वडा नम्बर १ की सुमित्रा महतारा द्धितिय, वडा नम्बर ८ का दिलबहादुर गिरी तृतीय र मुसिकोट २ का मोहनलाल खत्री सान्त्वना, विविध तथा रैथाने बाली समूह तर्फ वडा नम्बर १ का रकवीर बोहरा प्रथम, वडा नम्बर १ कै कमला खड्का द्धितिय, वडा नम्बर ७ का वीरबहादुर घर्ती तृतीय र वडा नम्बर ३ की नन्दकला डाँगी सान्त्वना भएको बताइएको छ ।
त्यस्तै खाद्यान्न बाली समूह तर्फ वडा नम्बर ३ का सोविराम खत्री प्रथम, वडा नम्बर ७ का भिमप्रकाश पाण्डे द्धितिय, वडा नम्बर १३ का ज्ञानबहादुर ओली तृतीय र वडा नम्बर १ का कालीबहादुर महतारा सान्त्वना हुँदा मसला तथा नगदे बाली समूह तर्फ वडा नम्बर १४ की भिमा ओली प्रथम, वडा नम्बर ८ का वासुदेव बुढा द्धितिय, वडा नम्बर ४ का खड्कबहादुर रेउले तृतीय र वडा नम्बर ५ का ओमप्रकाश केसी सान्त्वना भएको कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
सबै विधामा समान रूपमा प्रथमलाई दुई हजार, द्धितियलाई एक हजार पाँच सय, तृतीयलाई एक हजार र सान्त्वनालाई सात सय रुपैयाँ पुरस्कार प्रदान गरिएको निमित्त कार्यालय प्रमुख केसीले बताउनुभयो । मेलामा सहभागी भएका तर स्थान प्राप्त नगरेका अन्य १६ जना किसानलाई पाँच÷पाँच सय यातायात खर्च दिइएको उहाँले बताउनुभयो । यो सँगै जिल्लाका चार वटा पालिकामा कृषि मेला सम्पन्न भएको छ । चौरजहारी र आठबिसकोटमा बाँकी रहेको बताइएको छ ।