Kakhara सबैको खबर सम्पूर्ण खबर

प्रभु बैंक आठबिसकोट शाखाबाट झण्डै डेढ करोड अपचलन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह बेपत्ता भएपछि हिनामिनाको खबर बाहिरिएको थियो । त्यसपछि बैंकको प्रदेशको टोली आएको थियो । उक्त टोलीले अहिले आन्तरिक अनुसन्धान गरिरहेको छ । बैंकका तर्फबाट यसबारेमा कुनै जानकारी दिइएको छैन् ।

तर जिल्ला प्रहरी कार्यालय समक्ष भने एक करोड ३५ लाख रकम अपचलन भएको सूचना आएको छ । आफूहरुलाई आएको प्रारम्भिक जानकारी अनुसार एक करोड ३५ लाख अपचलन भएको देखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्ष नमराज भट्टराईले जानकारी दिनुभयो ।

बैंकको प्रदेश कार्यालयले अहिलेसम्मको अनुसन्धानबाट उक्त परिमाणको रकममा अपचलन भएको देखिएको जानकारी गराएको डिएपी भट्टराईले बताउनुभयो । तर यो मुद्धा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले हेर्न नमिल्ने डिएपी भट्टराईले बताउनुभयो । यो मुद्धा उच्च अदालतको कार्यक्षेत्र भित्र पर्ने भएकोले उच्च अदालत रहेको जिल्ला सुर्खेत प्रहरीले यो घटनालाई हेर्ने उहाँको भनाई छ । अप्रेसन इन्चार्ज शाहले नै हिनामिनाकाे बताइएकाे छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update