Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिममा पनि २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि विकास कार्यालयको आयोजनामा मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलावाङमा रोपाई सहित विभिन्न कार्यक्रममा राष्ट्रिय धान दिवस मनाइएको हो । दिवसको अवसरमा सोलाबाङ बजार देखि रोपाई गर्ने खेतसम्म र्‍याली निकालिएको थियो । र्‍याली खेतमा पुगेर कार्यक्रममा परिणत भएको थियो । दिवसको अवसरमा डोरी तान्ने, महिला दौड लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।

हिलोमा सञ्चालन गरिएको जनप्रतिनिधि र कर्मचारी बिचको डोरी तान्ने प्रतियोगितामा जनप्रतिनिधिको टोली विजयी भएको थियो । त्यस्तै महिला कर्मचारी र महिला कृषक बिचमा भएको डोरी तान्ने प्रतियोगिता महिला कृषकको समूहले जितेको थियो । दिवसको अवसरमा सहभागी जिल्लास्थित सरोकारवालाहरूले करिब २ रोपनी क्षेत्रफलमा रोपाई गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमका प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो ।

Ropai-(1)-1719662796.jpg
केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख तथा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कृषक लगायतको सहभागिता रहेको थियो ।

कृषि विकास कार्यालयका प्रशासकीय अधिकृत भीम खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यालयका प्राविधिक सहायक महेश चन्दले गर्नुभएको थियो । यो वर्ष धान दिवसको नारा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने तय गरिएको छ । 

Ropai-(3)-1719662800.jpg

Ropai-(4)-1719662802.jpg

Ropai-(5)-1719662801.jpg

Ropai-(6)-1719662805.jpg

Ropai-(7)-1719662805.jpg

Ropai-(8)-1719662808.jpg

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update