Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन तलाबाट खसेका सविनको उपचारका लागि साढे ४ लाख सहयोग सङ्कलन
उपचाररत् सविन रावल ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ रावलबाराका तीन वर्षीय सविन रावलको उपचारका लागि साढे ४ लाख सहयोग सङ्कलन भएको छ । गत असार ९ गते मुसिकोट नगरपालिका बागबजारको एक घरको तीन तलाबाट खसेका सविनको उपचारका लागि सहयोगको याचना गरिएको थियो ।

देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संस्थाले सविनको उपचारका लागि सहयोग गरेको सहयोग सङ्कलनको नेतृत्व गर्नुभएका रेडियो समावेशी आवाजका स्टेसन मेनेजर गोपाल ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार सविनको उपचारका लागि हालसम्म ४ लाख ५९ हजार ८ सय ७८ रुपैयाँ ९६ पैसा सङ्कलन भएको छ ।

अहिलेसम्म १ सय ५१ व्यक्ति तथा संस्थाले सहयोग गरेको ओलीले बताउनुभयो । सहयोग सङ्कलन अभियानको नेतृत्व त्रिभुवन जनता मावि खलङ्गाका शिक्षक डिल्ली डाँगीले पनि गर्नुभएको थियो । सविनको अहिले काठमाडौँको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ । एक महिना नेपालगन्जमा उपचार भएकोमा एक साता अघि काठमाडौँ लिएको बताइएको छ ।

स्वास्थ्य सुधारोन्मुख रहे पनि शरीरको देब्रे भाग चलिनरहेको ओलीले बताउनुभयो । उहाँका अनुसार टाउकोको देब्रे भागमा चोट लागेको र टाउको हुँदै देब्रे हात खुट्टा हुँदै देब्रे शरीरले काम गरेको छैन । घरबाट खसेदेखि केही दिनसम्म सविनको होस नै खुलेको थिएन ।

सविनकाे उपचारका लागि हालसम्म सहयाग गर्नेहरुः

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update