Kakhara सबैको खबर सम्पूर्ण खबर
खलङ्गा बजारको फोहोर उठ्न थाल्यो 
केही समय नगरपालिकाले फाेहाेर नउठाउदा खलंगा बजारमा थुप्रिएकाे फाेहाेर । हाल भने याे फाेहाेर उठाइएकाे छ ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा केही दिन देखि थुप्रिएको फोहोर उठ्न थालेको छ । मुसिकोट नगरपालिकाले फोहोर उठाउन थालेको हो । एक साता भन्दा लामा समय देखि फोहोर नउठ्दा खलङ्गा बजारका विभिन्न ठाउँमा फोहोर थुप्रिएको थियो । फोहोर उठ्न छाडेपछि खलङ्गा बजार दुर्गन्धित बन्दै शीर्षकमा कखराले शुक्रवार समाचार प्रकाशन गरेको थियो ।

नगरपालिकाले शनिवार देखि फोहोर उठाउन थालेको हो । मुसिकोट नगरपालिका वडा नम्बर २ सतिपोलेमा रहेको डम्पिङ साइट भरिएको भन्दै नगरपालिकाले फोहोर उठाउन छाडेको थियो । जसका कारण खलङ्गा बजारमा मुख्य चोक देखि विभिन्न ठाउँमा फोहोरको थुप्रो नै लागेको थियो । जसका कारण खलङ्गा बजार दुर्गन्धित बन्दै गएको थियो ।

मुसिकोट नगरपालिकामा प्रभावकारी फोहोर व्यवस्थापन हुन सकेको छैन । नियमित फोहोर नउठ्दा बजार तथा घर घरमा फोहोर थुप्रिने गरेको छ भने नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन सकेको छैन ।   

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update