योगेश दाइ !
तपाईँले रुकुममा पोलपोटको शासन भोगेपछि अत्तालिएर काठमाडौँ जानु भो । मैले दाइ तपाईँलाई भनेको थिएँ पोलपोटको शासन आफैले भोगेजस्तो, आफै कम्बोडियाका नेता भएजस्तो अभिव्यक्ति किन ? राजनैतिक पूर्वाग्रहबाट अलि माथि उठेर शान्ति, समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण सँगै समृद्धिको लागि आउनुस् हातेमालो गरौँ हाम्रो साथ तपाईँलाई, तपाईँको साथ हामीलाई । लोकतन्त्रको मर्म यही हो ।
हो धेरै लामो समय सम्म तपाईँको र मेरो भेट भएन । जब तपाई मलाई चिथोर्न सुरु गर्नु हुन्छ तब मात्र तपाई सँग मेरो भेट हुने गर्छ । सुन्दै छु अस्तिको संसद् बैठकमा तपाईँले मलाई बेसरी चिथोर्नु भो रे नि ? निकै टिठ मान्छु दाइ तपाईँको । यो मन मस्तिष्कमा पिडा हुँदा पनि तपाई प्रतिको दया कतै हराउँदैन । तै पनि अति भए पछि अलि अलि त सवाल जवाफ गर्न मिल्छ होला नि ? होइन र ?
संसद् बैठकमा तपाईँले माओवादी आन्दोलनलाई बेसरी चिथोर्नु भएको अनुभव भयो । तपाईँको चिथोर्ने तरिका देख्दा बिचरा दाजु भन्न मन लाग्छ । कतै हजुरको यो खालको गिरेर चिथोर्ने लेबल देख्दा तपाईँलाई उपचारको आवश्यकता हो की जस्तो पनि लाग्छ । जे भए पनि यो ठिक भएन । मैले जान्ने भएदेखि नेपालको माओवादी आन्दोलनलाई नजिकबाट सहभागी भएर बुझ्ने अवसर प्राप्त गरेको छु । शान्ति प्रक्रिया पछि पनि यो आन्दोलनका कारण देश सङ्घीय गणतन्त्रमा गएको र सङ्घीय व्यवस्था सँगै तमाम खाले उत्पीडनको अन्त्य, समावेशी, सहभागितामूलक शासन व्यवस्थाको अनुभूतिका साथ देशले विकासको फट्को मारेको पनि त देखेका छौँ । २०४६ साल देखि २०६४ साल सम्म तपाईँहरूले देशमा चलाएको शासन र विकासको तुलना गर्ने हो भने २०६४ पछि सयौँ गुणा तीव्रता आएकै छ । राणा, राजा र तपाईँहरूले लुटेर खर्लक्क खाई सकेको देशमा यो १७ वर्षमा सयौँ गुणा विकास हुँदा पनि जनताले खास विकास र परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । २०६४ साल सम्म तपाईँहरूले सडक कहाँ पुर्याउनु भएको थियो ? त्यस्तै सूचना प्रविधि, विद्यालय, विद्युत् तथा ऊर्जा, सरकारी संरचना, स्थानीय पुल तथा पूर्वाधार, सामाजिक सुरक्षा सबैको एक पटक तुलना गरौँ कि ? १८ घण्टा लोडसेडिङ साँच्चै माओवादी आन्दोलनले गरेको हो त ? टनकपुर र सुस्ता पनि माओवादी आन्दोलनले बेचेको हो त ? गिरिबन्धु टी स्टेट, कैलाली जग्गा प्रकरण, लाउडा, ओम्नी आदि के साँच्चै माओवादी आन्दोलनको परिणामले भएका हुन त ? भुटानी शरणार्थी काण्ड, ३३ किलो सुन काण्ड, ७० करोड काण्ड, बालुवाटार काण्ड, ललिता निवास काण्ड, वाइडबडी, यति, ओम्नी काण्ड, अरुण ३, एनसेल, भ्यु टावर, सहकारी काण्ड, करोना सामाग्री खरिद कमिसन, थापा चिया बगान, संसद् अपहरण, सार्वजनिक जग्गा अतिक्रमण, पानी टङ्कीमुनि के जते गरेको कति हो कति काण्डै काण्डहरू माओवादी आन्दोलनले जन्माएको हो त ? हामी त सुशासन विकास र समृद्धिका लागि लडिहरेका छौ । ठुला ठुला भ्रष्ट र तस्करहरूलाई समाएकै हौँ त । अरू ठुला फाइल खुल्ने डरले सरकार ढलेको होइन र ?
लाग्छ माओवादीहरू यो देशका बासिन्दा होइनन् । तपाईँहरू हामीले मिठो खाँदा, राम्रो लगाउँदा, गाडी चढ्दा, राम्रो घर बनाउँदा हामीलाई नव सामन्त भन्नुहुन्छ, भ्रष्टाचारी भन्नुहुन्छ । के माओवादीहरूलाई मिठो खाने अधिकार छैन ? के माओवादीहरू राम्रो घरमा बस्ने र गाडी चढेर हिँड्न मिल्दैन ? के माओवादीले राम्रो कपडा लगाउन मिल्दैन त ? आज पनि हामीलाई उतिकै उत्पीडन छ ।
योगेश दाइ हाम्रो कारणले देश बरबाद भएको होइन । तपाईँहरूका यिनै देश लुट्ने, देश बरबाद पार्ने घटनाहरू र प्रजातन्त्र पुन स्थापना भए पछि पनि उत्पीडित जाति समुदाय र वर्गले सामाजिक न्याय पाउन नसके पछि माओवादी आन्दोलन उत्कर्षमा पुगेको हो । मलाई याद छ २०५५ सालमा तपाई महोदय, नारायण ढकाल र घनश्याम भुसाल मिलेर एउटा पुस्तक लेख्नु भएको थियो । 'राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध' नामक पुस्तकमा तपाई आफैले बुँदा नंं. ४ मा लेख्नु भएको छ: तत्कालीन गृह मन्त्री केपी शर्मा ओलीले नियम विपरीत गृह मन्त्रालयका लागि गाडी खरिद गरी करोडौँ घोटाला गरेको र तत्कालीन समयमा केपी ओली गुटले सुन र चरेस सम्मको खुलेआम तस्करी गरेको कुरा उल्लेख छ । बुँदा नंं. ५ मा नेकपा एमालेको छैटौँ महाधिवेशनको भिडियो क्यासेट बनाई अमेरिकी गुप्तचर संस्थाका माफियालाई बुझाएको कुरा उल्लेख छ । अन्य बुँदाहरूमा अध्ययन गर्दा छैटौँ महाधिवेशनमा राष्ट्र कोषको करोडौँ रकम प्रयोग गरेको र उक्त रकम मध्ये एक करोड एकचालिस लाख रुपैयाँ युवराज ज्ञवाली, ईश्वर पोख्रेल लगायतका नेताले खाएको कुरा पनि उल्लेख छ । चुनावी खर्च जुटाउन करोडौँ रकमका टेन्डरहरू विदेशी कम्पनीलाई विना प्रतिस्पर्धा दिने गरेको, मदन भण्डारीको हत्या केपी ओली, विद्या भण्डारी र एमाले नेता हर्षनारायण धौभडेलले गराएको, महाकाली सन्धि संसद्मा अनुमोदन गराउन भारत सरकारबाट ५ करोड रकम केपी ओली स्वयमले ल्याएको, थुप्रै श्रोत नखुलेर विभिन्न देशी विदेशी बैङ्कहरूमा रकम जम्मा गरेका सयौँ मान्छेहरूलाई कानुनी कार्वाहीवाट उन्मुक्ति दिएको र उन्मुक्ति दिँदा सम्बन्धितहरूले पार्टीलाई भनी बुझाएको साढे सात अर्ब रकम पार्टीकरण नगरेको जस्ता ५१ वटा तथ्य परक विषयहरू उल्लेख छन् । माओवादी सशस्त्र द्धन्द चरम उत्कर्षमा पुगेका बेला तपाई आफैले हात हतियार र चरेसजन्य पदार्थको कारोबारो गरेका कुरा छरपस्ट छ । धर्म ढकाललाई पछाडिबाट खुकुरीले हानी हत्या गरेको केपी ओली कसरी नेता हुन सक्छ ? भनी तपाइकै पार्टीका नेताहरूले तत्थ्य परक प्रमाणहरू पेस गरेको भेटिन्छ ।
हजारौँ आमाहरूको काख रित्तिएर, हजारौँ बच्चाहरू टुहुरा भएर, हजारौँ दिदीहरू बिधुवा भएर, हजारौँ योद्धाहरू घाइते भएर, हजारौँ दिदी बहिनीहरूको अस्मिता लुटिएर खासमा रगतसँग साटेर प्राप्त भएको कुर्सीमा विराजमान भएर सङ्ख्याको आडमा नाना भाँती बोलेर शान्ति भड्काउने चेष्टा सहित उत्तेजित भाषण बन्द गर्ने होइन त ?
माओवादी आन्दोलन तपाईँहरूले देश टकरक्क पारेर लुटिसकेपछि त्यसकै विरुद्ध उठेको हो । प्रचण्डले सशस्त्र विद्रोह गरेका हुन तत्कालीन शाही सेनाका ब्यारेक कब्जा गर्न गएका हुन त्यो पनि सत्य हो । सेना प्रहरीको ब्यारेकमा आक्रमण गर्नु, भ्रष्ट र सामन्तहरूबाट चन्दा माग्नु, धम्की दिनु हिंसा हो भनेर तपाईँलाई थाहा रहिछ । सामाजिक सञ्जालहरूमा धेरै नागरिकहरूले यस्तो लेखेका छन् यसको उत्तर खोजेको छु मैले योगेश दाइ ! रुकुमको दुलीमा ३ महिने सुत्केरीलाई बलात्कार गरी हत्या गरियो, रुकुम खारामा एउटा पुरै बस्ती जलाइयो, थवाङ खरानी बनाइयो, मेलगैरीमा एउटै परिवारका ७ जना गोठाला किसानलाई छाला चिरेर पिसाब खुवाएर भैँसी बाँध्ने किलामा बाँधेर पिटीपिटी सामूहिक हत्या गरियो । गोर्खामा ११ वर्षे दिलबहादुर रम्तेललाई गोली हान्नु, किसानका खसी बोका लुटेर लैजानु, आरन बसेका आर्ने कामीलाई गदागत काटेर मार्नु, गुवाला गएका वृद्ध बा आमाहरू कति मारिए, घाँस काट्दै गरेका घाँसीहरू ठाउँका ठाउँ कति मारिए, रुख चढेका छोराहरू चरा झरेझैँ भुईँमा ढल्दा वृद्ध बा आमाहरूलाई कस्तो भयो होला ? एउटा दुई वर्षको बच्चा काखीमा च्यापी दाउरा गएकी गर्भवती महिलालाई बलात्कार गरी हत्या गरेर उसैको चिहानमा दुई वर्षे बच्चालाई छोडी हिँडेकै हो नि ? राम्रा सुन्दर केटीहरू देखेपछि आतङ्ककारीका नाममा गिरफ्तार गर्ने, केही केटी हाकिमहरूले राखेर केहीलाई योगेशदाइ जस्ता नेताहरू सम्म पुर्याउने र पछि बलात्कार गरेर मुठभेडमा मारिएको जस्ता थुप्रै आतङ्क फैलाएको होइन र ?
क्रान्तिका बेला बुवा, दाजु, भिनाजुहरूलाई सेनाले लिएर गयो, भान्जाले दिदीलाई सोध्छ आमा बा कहिले आउँछन् । दिदीको उत्तर हुन्थ्यो: भोली आउनु हुन्छ बाबु । बिचरा मेरा कति भान्जाहरूको लागि भोली कहिल्यै आएन उनीहरूको शब्दकोशमा भोली भन्ने शब्द नै छैन । तिसौँ वर्ष भयो तिस वर्षमा एक पटक पनि भोली आएको छैन । यस्ता घटना कति छन् कति? पौराणिक कालमा दुई साता चलेको महाभारत युद्धको कथा हजारौँ पेजको किताब बनेको छ । १० वर्षे जनयुद्धको साँच्चै इतिहास लेख्ने हो भने करोडौँ पेजको बन्छ होला योगश दाइ !
योगेश दाइ ! तपाईँहरूले १४ वर्षका बहिनीहरूको बलात्कार गर्दा यातनाको कारण प्रताडित आत्म बुझाउनका लागि पानी पानी भन्दा कराउँदा तपाईँका सुन्डमुन्डहरुले तुरुरुरु मुतिदिँदा पनि बहिनीले घुटुघुटु पिएर लामो सास फेर्दै प्राण त्याग गरेको यिनै आँखाले देखेको कुरा कथा होइनन् । कुनै दिन हामीले सिस्ने हिमालमा देखिने हिउँ रातै देख्यौँ, चौरजहारी फाँटबाट सानीभेरीको तिरै तिर उत्तरगंगा पुग्दा सम्म नदी र खोलाहरू रातै देख्थ्यौँ ।
म अलिकता प्रसङ्ग बदल्छु: लाग्छ माओवादीहरू यो देशका बासिन्दा होइनन् । तपाईँहरू हामीले मिठो खाँदा, राम्रो लगाउँदा, गाडी चढ्दा, राम्रो घर बनाउँदा हामीलाई नव सामन्त भन्नुहुन्छ, भ्रष्टाचारी भन्नुहुन्छ । के माओवादीहरूलाई मिठो खाने अधिकार छैन ? के माओवादीहरू राम्रो घरमा बस्ने र गाडी चढेर हिँड्न मिल्दैन ? के माओवादीले राम्रो कपडा लगाउन मिल्दैन त ? आज पनि हामीलाई उतिकै उत्पीडन छ । हिजो जनयुद्धका बेला यस्तो समय थियो, क्रान्ति गर्नु थियो, थुप्रै समस्याहरूसँग लड्नु थियो, रोग, भोग, शोक, अनिकालको सामना गर्दै सरकारी सुविधाबाट पालिएका प्रहरी सेना र सत्तासीन नेताहरूसँग लड्नु थियो । यो अभावको जीवन, भूमिगत जीवनमा हाम्रा बाल बालिका र युवाहरूका अनुहार पनि चाउरिएका थिए, हाम्रा युवती दिदी बहिनीहरूका अनुहारमा कालै धब्बा भएका, मुजा परेको, चाउरी परेको अनुहार, फाटेको चोलो, मैलो लट्ठा धोती लगाएर मुठी कसेर सलाम गर्दा हातको नाडीमा नसै नसा देख्न्थिे । अभिभावक गुमाएका बालकहरू कुपोषणमा परेर १५ वर्षमा चार फुट नपुगेको, नाकमा सिँगान छोडेर, जिनको जाँगे एउटा हातले समातेर गोठालो गर्दै माओवादी जनसेनाको रक्षामा खटिएका ख्याउटे, अनुहारमा रस नभएका बालकहरू कति थिए त्यसको रेकर्ड छैन । समग्रमा माओवादी नेता कार्यकर्ता भनेका शरीरमा पानी सुकेका जस्ता, कुपोषण र दीर्घ रोगले थलिएका जस्ता, ओइलाएका हरियो स्याउला जस्ता, जुँगा दारी नकाटेका, महिनौँ ननुहाएर डुङडुङती गन्हाउने, पिलनधारे, मरन्च्याँसे, ख्याउटे, ध्वाँसे, कपडामा गोठी टलक्क टल्कने, टेरिगट र पव्लीजीनको कपडा लगाएको, मैलो उनीको झोला बोकेको, खुट्टामा खाकीका जुक्ता टनक्क फित्ता बानेर तनक्क तन्किए यता उता हेर्दै चोर जस्तो गरी हिँडेको यही माओवादीको परिचय थियो । हो हामीले यसरी नै अभावै अभावबाट जनक्रान्ति गर्यौ, अढाई सय वर्ष लामो सामन्ती राज्य व्यवस्थाका नाइके राजा ढाल्यौ, क्रान्तिको बलबाट गणतन्त्र ल्यायौँ । त्याग, बलिदान र क्रान्तिका बलबाट सङ्घीय शासन व्यवस्था, समानुपातिक शासन प्रणाली, सहभागितामूलक शासन व्यवस्था, धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने यो राष्ट्रको व्यवस्था परिवर्तन गरी दलित, जनजाति, पछाडि पारिएको वर्गको उत्थानमा हामीले पाएको दुख कष्टको कुनै हिसाब छैन ।
जे जति भए पनि शान्ति, समृद्धि र समाजवादको सपना सहित विकास र परिवर्तनको झिनो आशा बोकेर हामी र माओवादी पार्टी प्रति विश्वास गर्दै अझै पनि क्रान्तिको बाटोमा लामबद्ध हुने आत्मविश्वास सहितको मनोविज्ञानमा बाँचेका माओवादीहरू अझै पनि वर्ग दुष्मनको व्यवहार गर्ने धोकेबाजहरू सँग सहकार्य गरिरहँदा पनि सुख छैन । हामीलाई अन्याय, अत्याचार, अशान्ति, दमन गरी क्रान्तिको लागि सुपारी दिने प्रयत्न किन गर्नुहुन्छ ? योगेश दाइ !
तैपनि हामी अझै उत्पीडनमा परेका छौँ, योगेश दाइ ! तपाईँहरू अहिले पनि हामीलाई जनयुद्धकालका माओवादी जस्ता देख्न चाहनुहुन्छ र राष्ट्र एकलौटी लुट्न चाहनुहुन्छ । हामीले मिठो खाएको, हामीले राम्रो लगाएको, गाडी चढेको रिस गर्नुहुन्छ । लाउडा आफै खानुहुन्छ, गिरिबन्धु आफै खानुहुन्छ, १८ घण्टा लोडसेडिङ र अर्बौँ घाटामा गएको विद्युत् प्राधिकरण माओवादीले लोडसेडिङ मुक्त गराई नाफामा पुर्याएपछि विद्युत् प्राधिकरण डुबाउन, खान, लुट्न नपाएर संसद्मा बौलाउनुहुन्छ । हामीले यसकै लागि क्रान्ति गरेका हौँ, शासकहरूले हामीलाई लुटे, बसिखान दिएनन्, दमन गरे र त्यसका विरुद्ध सुख सँग सुत्न, मिठो खान, राम्रो लगाउन, बालबच्चा पढाउन, समानता र न्याय प्राप्त गर्नका लागि क्रान्ति गरेका हौँ । जे जति भए पनि शान्ति, समृद्धि र समाजवादको सपना सहित विकास र परिवर्तनको झिनो आशा बोकेर हामी र माओवादी पार्टी प्रति विश्वास गर्दै अझै पनि क्रान्तिको बाटोमा लामबद्ध हुने आत्मविश्वास सहितको मनोविज्ञानमा बाँचेका माओवादीहरू अझै पनि वर्ग दुष्मनको व्यवहार गर्ने धोकेबाजहरू सँग सहकार्य गरिरहँदा पनि सुख छैन । हामीलाई अन्याय, अत्याचार, अशान्ति, दमन गरी क्रान्तिको लागि सुपारी दिने प्रयत्न किन गर्नुहुन्छ ? योगेश दाइ !
योगेश दाइ ! तपाईँहरूले १४ वर्षका बहिनीहरूको बलात्कार गर्दा यातनाको कारण प्रताडित आत्म बुझाउनका लागि पानी पानी भन्दा कराउँदा तपाईँका सुन्डमुन्डहरुले तुरुरुरु मुतिदिँदा पनि बहिनीले घुटुघुटु पिएर लामो सास फेर्दै प्राण त्याग गरेको यिनै आँखाले देखेको कुरा कथा होइनन् । कुनै दिन हामीले सिस्ने हिमालमा देखिने हिउँ रातै देख्यौँ, चौरजहारी फाँटबाट सानीभेरीको तिरै तिर उत्तरगंगा पुग्दा सम्म नदी र खोलाहरू रातै देख्थ्यौँ । लेकहरूमा फुलेका बुकीहरू हामी कसैले देख्न सकेनौ सेतो फुलेको । डाँडापाखा फुल्ने आरु, मेल र आरुवखडाहरु कसैले छिर्केमिर्के देखे भन्यो भने त्यो बौलाहा नै हुन्थ्यो । बगरमा भेल आओस् वा खोलाले खेत बगाओस् बाढीले बनाएको बगर पनि रातै हुन्थ्यो । हिमालका हिम पहिरो नदीका भेलहरू, सागर पुगुन्जेल रातै देख्ने मान्छे म आफू जीवितै छु योगेश दाइ । हामीले मन र आँखाहरूले डाँडापाखामा फुल्ने चिउरी पनि रातै देख्थ्यौ । चिउरीमा माहुरीहरू गुनगुन गरी रस चुस्दा समेत बम बारुद पड्केको आभास हुन्थ्यो । खाडलमा कुम सम्म पुरेर झिकेका योद्धाहरू, पिटाई र चुटाइको यातनाले सात ताल सम्म छाला फालेका शरीरहरू, बाँसको डिङ्नाले पेलिएर हजारौँ टुक्रा बनाइएका खुट्टाका हड्डी भएर बाँचेका सहयोद्धाहरू, स्तन गुमाएर मुटु बचाएका दिदी र आमाहरू, छाला जलेका, नाक बाँङ्गिएका, एउटा कान, एउटा आँखा भएका, कान्छी औला गुमाएका, बुढी औला गुमाएका, खुट्टाको कुर्कुच्चा गुमाएका, कोही ह्विलचियरमा, कोही वैशाखीमा, कति हो कति योद्धाहरूको कारुणिक कथा संसद्मा हामीले कहिल्यै सुनाएनौ योगेश दाइ ।
होला त्यो मुक्ति आन्दोलनको नेतृत्व प्रचण्डले गरेका हुन । तर हामी त हाम्रो मुक्ति र स्वाभिमानका लागि मार्ने वा मर्ने कुरालाई नैसर्गिक अधिकार सम्झन्छौँ । हाम्रो पूर्व जनमुक्ति सेना, हाम्रो वाइसीयल, हाम्रा किसानहरू , उत्पीडित जाती र समुदायहरू यो देशमै छन् योगेश दाइ ! यो व्यवस्था प्राप्ति गर्न आवाज उठाउँदै गर्दा हजारौँको रगत पिएर सहिद बनाउने रक्त पिपासुहरूका विरुद्ध हामीले संसद्मा कहिल्यै कुरा उठायौँ र ? हजारौँ घाइतेहरू आज पनि तड्पिएर बाचेका छन् । उनीहरूको चित्कार हामीले संसद्मा कहिल्यै सुनायौँ र ? अस्मिता लुटिएका हाम्रा चेलीहरूका कुरा पनि हामीले संसद्मा उठाएनौ ।
हामीले रहरले होइन बाध्यताले परिवर्तनको लागि क्रान्ति गर्नुपरेको हो । यही मनोविज्ञानलाई आत्मसाथ गरेर तपाई जस्तो बुज्रुक र बौद्धिक नेताले क्रान्तिको विशिष्ट अवस्था र परिवर्तनलाई किन बुझ्न सक्नु हुन्न ? हामी प्रतिशोधको राजनीतिबाट माथि उठ्न चाहन्छौँ र यसरी नै तपाईँहरू पनि रूपान्तरित हुनुपर्छ भन्ने आशा राख्दछौ । तमामखाले अत्याचारका विरुद्ध उठेको माओवादी आन्दोलन शान्ति सम्झौतामा विश्राम लिएको हो । हामी शान्ति सम्झौतामा धोका दिन चाहन्नौ, साँच्चै देशले थप रगत मागे फेरी पनि रगत दिन तयार छौँ । देशले, आन्दोलनले योगदान माग्यो हामीले दियौँ । सक्ने जति दियौँ, भए जति दियौँ, अनवरत दियौँ, नथाकेर दियौँ । हामी सबै अवस्थामा शान्त मनले धैर्यताका साथ बसिरहेका छौँ । योगेश दाइ तपाईँको अभिव्यक्तिका विरुद्ध प्रचण्डले आदेश देलान् नदेलान्, सहलान् नसहलान् त्यो बेग्लै कुरा हो । हामी प्रचण्डको आदेशको अपेक्षा गरौँला या नगरौला त्यो अलग कुरा हो । हिजो हामी प्रचण्डका निम्ति पनि लडेका होइनौँ, हामी हाम्रो मुक्ति, उत्पीडन र सामन्ती राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध गणतन्त्र स्थापनाका लागि लडेका हौँ । होला त्यो मुक्ति आन्दोलनको नेतृत्व प्रचण्डले गरेका हुन । तर हामी त हाम्रो मुक्ति र स्वाभिमानका लागि मार्ने वा मर्ने कुरालाई नैसर्गिक अधिकार सम्झन्छौँ । हाम्रो पूर्व जनमुक्ति सेना, हाम्रो वाइसीयल, हाम्रा किसानहरू, उत्पीडित जाती र समुदायहरू यो देशमै छन् योगेश दाइ ! यो व्यवस्था प्राप्ति गर्न आवाज उठाउँदै गर्दा हजारौँको रगत पिएर सहिद बनाउने रक्त पिपासुहरूका विरुद्ध हामीले संसद्मा कहिल्यै कुरा उठायौँ र ? हजारौँ घाइतेहरू आज पनि तड्पिएर बाचेका छन् । उनीहरूको चित्कार हामीले संसद्मा कहिल्यै सुनायौँ र ? अस्मिता लुटिएका हाम्रा चेलीहरूका कुरा पनि हामीले संसद्मा उठाएनौ । यदि उठाउने नै हो भने दर्जन चेलीहरूको अस्मिता लुटेको अंशियार तपाई नै होइन र ? आज तपाईँले राजालाई महाराज भन्दै पाउमा दाम राखेर ढोग्नु परेको छैन नि ? फलानो असक्षम प्रधानमन्त्रीलाई पद मुक्त गरियो भनेर राजा बोल्ने बेला तपाइहरुनै होइन मुसाका दुलामा पस्ने ? हामीले तपाईँहरूलाई पनि निरङ्कुश राजतन्त्रबाट मुक्ति दिलायौ । पेट फुट्ने गरी बोल्ने र खाने स्वतन्त्रता पाउँदा पनि कति बैगुनी कुरा गर्नुहुन्छ है ?
यो देश तपाईँहरूको पेवा बिर्ता, सम्पत्ति केही होइन होला नि ? हजारौँ आमाहरूको काख रित्तिएर, हजारौँ बच्चाहरू टुहुरा भएर, हजारौँ दिदीहरू बिधुवा भएर, हजारौँ योद्धाहरू घाइते भएर, हजारौँ दिदी बहिनीहरूको अस्मिता लुटिएर खासमा रगतसँग साटेर प्राप्त भएको कुर्सीमा विराजमान भएर सङ्ख्याको आडमा नाना भाँती बोलेर शान्ति भड्काउने चेष्टा सहित उत्तेजित भाषण बन्द गर्ने होइन त ?
लेखक नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसिकाेट नगर अध्यक्ष हुनुहुन्छ ।