Kakhara सबैको खबर सम्पूर्ण खबर
कविता : म विदेश गएन

विमानस्थलमा
आँसुका थोपा खसाउँदै
परिवारबाट टाढा
त्यो अनकन्टार ठाउँमा
आफ्नो मातृभूमि छोडी कसरी जाऊँ म,

ऋण ले दीन लागेको म
कर्तव्य देखि टाढा जान पनि त मिलेन
बा आमा को भरोसा
अनि सहारा म ऋण लागे पछि
रहर नभई बाध्यताको नाम विदेश कसरी जाऊँ म,

दुई छाक टार्न
एक दिन काट्न मुस्किल छ यहाँ
काँधमा बोकी पलङ्गमा सुताई मलाई हुर्काएका
बा आमालाई बास नहुँदा
चिसो गोठमा छोडी त्यति टाढा कसरी जाऊँ म,

कसैको एक वचनले बिझाउँछ यहाँ
चोटको पीडा भन्दा वचनले सताउँछ यहाँ
ऋणी म
वचन सुन्दै छन् बा आमा
साहु देखि भागी बा आमा देखि त्यति टाढा कसरी जाऊँ म,

निर्धक्क हुनुहोस् बा,
धितो राखेको जमिन फिर्ता ल्याउला
ढुक्क बस्नुहोस् आमा,
दुई छाक आनन्द लिएर खाउँला
दुःख मिहिनेत यही गरौँला भाको ऋण सबै तिरौला,

रुँदै आँगनबाट
बिदाइ गर्नु पर्दैन
सम्झनाले आँसुका धारा बगाउनु पर्दैन
बा आमा को आँखाबाट कतै ओझेल नहुने भनी
मर्ने बाँच्ने टुङ्गो नभाको बाध्यताको सहर विदेश म गएन ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update