अमेरिकाको टेक्ससमा मारिएका रुकुम पश्चिमका दीपक ओलीको परिवारका लागि २ दिनमा झन्डै एक करोड सहयोग सङ्कलन भएको छ । आइतबार बिहान काममा रहेका दीपकलाई लुटेराले गोली हानी हत्या गरेका थिए । ८० लाख खर्चिएर गत वर्ष मात्र अमेरिका पुगेका दीपकको परिवारका लागि सोमबार देखि सहयोग सङ्कलन सुरु भएको थियो ।
विभिन्न माध्यमबाट सहयोग सङ्कलन भएको छ । उहाँका आफन्तहरूले सहयोग सङ्कलन अभियानको नेतृत्व गरिरहेका छन् । जसमा रुकुम तथा नेपालका विभिन्न ठाउँबाट अमेरिका पुगेकाहरूले सहयोग गरिरहेका छन् । सबै माध्यमबाट गरेर हालसम्म करिब १ करोड सहयोग सङ्कलन भएको सहयोग सङ्कलनको नेतृत्व गरिरहनुभएका दीपकका आफन्त गोर्ख कुसारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ९० लाख बढी सहयोग सङ्कलन भइसकेको छ ।
सहयोग सङ्कलन सुरु गरेको दुई दिनमै करिब करोड सहयोग सङ्कलन भएको र एक करोड बढी सहयोग जुट्ने अपेक्षा गरिएको कुसारीले जानकारी दिनुभयो । कुसारीका अनुसार गो फन्ड मि मार्फत ३१ हजार १ सय ७४ डलर सहयोग सङ्कलन भएको छ । यो नेपाली करिब ३५ लाख २२ हजार रुपैयाँ हो । यसमा याे समाचार तयार पार्दासम्म ८ सय २७ जनाले सहयाेग जम्मा गरेका छन् ।यसको नेतृत्व मोहन कुसारीले गर्नुभएको छ । गाे फन्डमा सहयाेग गर्न यहाँ क्लिक गर्नुहाेस् ।
त्यस्तै गो फन्ड मि बाहेक अन्य माध्यमबाट पनि सङ्कलन भएको छ । गाे फन्ड बाहेक अहिलेसम्म १ सय ५३ जनाले सहयोग गरेको गोर्ख कुसारीको भनाई छ । यसमा ४० हजार बढी अमेरिकी डलर संकलन भइसकेकाे उहाँले बताउनुभयाे । सहयोगका लागि सार्वजनिक अपिल गरिएको र इच्छुकहरूले धमाधम सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेजेका ३० वर्षीय दीपक ओलीको आइतबार बिहान लुटेराबाट हत्या भएको थियो । अमेरिकाको टेक्ससको एक ग्यास स्टेसनमा कार्यरत ओलीलाई काममै रहेको बेला अमेरिकाको स्थानीय समय आइतबार बिहान ५ बजेतिर दुई जना लुटेराले गोली हानी हत्या गरेका थिए । ओली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत हुनुहुन्थ्यो ।
यसैबिच दीपकको अमेरिकामै अन्त्येष्टि गर्ने तयारी गरिएको छ । अहिलेसम्म प्रहरीले शव हस्तान्तरण नगरेको र प्रहरीले शव हस्तान्तरण गरेपछि टेक्ससमै अन्त्येष्टिको तयारी गरिएको उहाँका आफन्त गोर्ख कुसारीले जानकारी दिनुभयो । यसबारेमा प्रहरीलाई जानकारी गराइसकिएको उहाँको भनाई छ । प्रहरीले अनुसन्धान सकिएपछि शव हस्तान्तरण गर्ने बताएको उहाँले बताउनुभयो ।
दीपक गत वर्ष मात्र करिब ८० लाख खर्चिएर अमेरिका जानुभएको थियो । उहाँको घरमा ५ बर्सिया छोरी, श्रीमती र आमा बुवा रहनुभएको छ ।
गाे फन्ड मि बाहेक संकलन भएकाे सहयाेगः