अमेरिकामा मारिएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० सेजेका दीपक ओलीको परिवारका लागि नेपालमा पनि सहयोग सङ्कलन सुरु भएको छ । वडाध्यक्ष हरि चन्दको नेतृत्वमा नेपालमा सहयोग सङ्कलन अभियान सुरु भएको हो । उहाँका अनुसार अहिलेसम्म २ लाख बढी सहयोग सङ्कलन भएको छ ।
दुःखमा रहेका परिवारजनका लागि सहयोग सङ्कलन थालिएको उहाँले बताउनुभयो । सहयोगका लागि सार्वजनिक अपिल गरिएको र इच्छुकहरूले सहयोग गरिरहेको उहाँको भनाई छ । सकेकाे सहयाेग गर्न सबैलाई अपिल गरिएकाे छ । त्यस्तै अमेरिकामा पनि सहयोग सङ्कलन भइरहेको छ । सोमबार देखि सुरु भएकोमा हालसम्म करिब १ करोड ३० लाख बढी सहयोग उठिसकेको बताइएको छ ।
८० लाख खर्चिएर गत वर्ष मात्र अमेरिका पुगेका ३० वर्षीय दीपकको गत आइतबार काममा रहेको बेला लुटेराहरूबाट गोली प्रहार गरी हत्या भएको थियो । उहाँ टेक्ससको एक ग्यास स्टेसनमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँको शव अझै प्रहरीसँगै रहेको छ । प्रहरीले अनुसन्धान सकेर शव हस्तान्तरण गरेपछि टेक्ससमै अन्त्येष्टि गर्ने तयारी भइरहेको उहाँका आफन्त गोर्ख कुसारीले जानकारी दिनुभयो । उहाँको घरमा पाँच बर्सिया छोरी, श्रीमती र आमा बुवा रहनुभएको छ ।
नेपालमा थालिएकाे सहयाेग अभियानमा जाेडिन चाहनेले तलकाे QR Scan गर्न सक्नुहुनेछ । भने भाैचर वडाध्यक्ष चन्दकाे फेसबुक इनबक्समा पठाउनुपर्ने छ ।
नेपालमा हालसम्म संकलन भएकाे सहयाेगः
सम्बन्धित समाचार