Kakhara सबैको खबर सम्पूर्ण खबर
दीपकको अमेरिकामै अन्त्येष्टि 
अत्येष्टि पूर्व अन्तिम श्रद्धाञ्जलीका लागि राखिएकाे दीपककाे पार्थीव शरीर ।

अमेरिकामा बन्दुकधारी लुटेराबाट बन्दुकधारी लुटेराबाट मारिएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामै अन्त्येष्टि गरिएको छ । ८ दिनपछि टेक्ससमा आज अन्त्येष्टि गरिएको हो । अनुसन्धानका लागि शव प्रहरीले लगेर गएको थियो । 

आवश्यक प्रक्रिया पुरा भएपछि दीपकको टेक्ससको Providence-Jones Family Funeral Home 604 State Hwy 95, Elgin, TX 78621 ठाउँमा अमेरिकाको स्थानीय समय ९ बजे अन्त्येष्टि गरिएको गोर्ख कुसारीले जानकारी दिनुभयो । दीपकको अन्त्येष्टिमा ठुलो सङ्ख्यामा नेपालीहरूको उपस्थिति रहेको उहाँले बताउनुभयो । त्यसअघि दीपकको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । ठुलो सङ्ख्यामा उपस्थित भएकाहरूले फूलका गुच्छा सहिद दीपकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

८० लाख गत वर्ष मात्र अमेरिका गएका दीपकको काममै रहेको बेला गत आइतबार बिहान ५ बजेतिर बन्दुकधारी लुटेराले गोली प्रहार गरी हत्या गरेका थिए । उहाँ टेक्ससको टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको एक ग्याँस स्टेसनमा कार्यरत थिए । 

यसैबिच अमेरिकामा रहेका नेपालीहरूले दीपकको परिवारका लागि करिब डेढ करोड सहयोग गरेका छन् । विभिन्न सहयोग अभियान मार्फत उक्त सहयोग सङ्कलन भएको हो । नेपालमा पनि सहयोग अभियान सञ्चालन भइरहेको छ ।  

453263360_2676938655820312_2716756950394817611_n-1722840050.jpg
श्रद्धाञ्जली सभामा सहभागी भएकाहरु ।
453316662_3312979795676165_5757438483749691138_n-1722840051.jpg
अन्त्येष्टिमा सहभागी भएकाहरु ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update