Kakhara सबैको खबर सम्पूर्ण खबर
चाैरजहारीमा साउन २२ गतेबाट ट्रायल सुरू हुने
ट्रायल सेन्टर ।

यातायात व्यवस्था सेवा कार्यालय चाैरजहारीले पहिलाे ट्रायल साउन २२ गते संचालन गर्नेगरी मिति ताेकेकाे छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)काे लिखित परीक्षाकाे नतिजा सार्वजनिक भएपछि कार्यालयले आज पहिलाे ट्रायलकाे मिति तय गरेकाे हाे । पहिलाे ट्रायल साउन २२ गते हुने कार्यालयले सूचना जारी गर्दै जानकारी गराएकाे हाे ।

याे संगै जिल्लाबाटै लाइसेन्स जारी प्रकृया अन्तिम चरणमा पुगेकाे छ । साउन २ गते लाइसेन्सकाे अनलाइन फारम खुला भएकाे थियाे । साउन १४ गते बायाेमेट्रिक सुरू भएकाे थियाे । पहिलाे लटकाे लिखित परीक्षा साउन १८ गते भएकाे थियाे । जसकाे नतिजा आजै सार्वजनिक गरिएकाे थियाे । ठूलाे प्रयासपछि जिल्लाबाटै लाइसेन्स जारी गर्ने अवस्थामा पुगेकाे यातायात व्यवस्था सेवा कार्यालय चाैरजहारीका प्रमुख आनन्द चपाईले बताउनुभयाे ।

उहाँका अनुसार कार्यालयबाट हाल तत्काल वर्ग A, K, B र वर्ग E, D काे लाइसेन्स जारी हुन लागेकाे छ । कार्यालयले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो । कर्मचारी अभाव लगायतका कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत फागुन २१ गते सेवाको उद्घाटन गरेसंगै कार्यालयले हालसम्म सवारी दर्ता, नामसारी, कर असुल, ब्लुबुक नविकरण, लाइसेन्स नविकरण, रुट परमिट जारी, सवारी जाँचपास लगायतका सेवा दिइरहेको थियो । अव भने सवारी चालक अनुमति पत्र जारी थपिएको छ ।    

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update