गत फागुन, चैत्र, बैशाख महिना भरि नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले संगठन सुदृढिकरण अभियान संचालन गर्यो र नेकपा एमालेले मिसन ग्रास रुट अभियान । अभियान सम्पन्न भएको करिब साढे तीन महिनापछि लामा रातका सपना भने जस्तो नेकपा एमालेका सचिव योगेश भटराईको अभिव्यक्तिमा आधारित शव्द सहित कुनै पत्रिकामा सामाचार छापिएर आयो । योगेश कमरेड खासमा मलाई विश्व राजनीति अध्ययन गरेको एक विद्धान र युवा नेता लाग्थ्यो । यो पत्रिकामा भएको अभिव्यक्तिवाट के लाग्छ भने के उहाँले सामान्य विषयमा पनि अध्ययन गर्नुहुन्न कि ? अहिले पनि उहाँ लगभग ५० बर्ष पुराना कुरा गर्नुहुन्छ । खासमा उहाँको रुकुममा पोलपोटको शासन चलेको छ भनेर भन्नु भएको देखिन्छ । को हुन पोलपोट ? पोलपोटको शासन कस्तो थियो ? साच्चै पोलपोटको शासन जस्तै छ त रुकुम ? योगेश जि को पार्टीले लामो समय देशमा शासन गरेको होईन र ? पृथ्वी नारायाण शाहले रजौटा राज्यहरुलाई विस्थापित गरेर एक नेपाल अधिराज्य बनाएजस्तै केपी जी ले पोलपोटको राज्य ध्वंश गरेर नेपाल राज्यमा किन एकीकरण नगरेको होला ? एउटा राष्ट्रिय स्तरको नेताले यति अल्पज्ञानी, बुद्धु, अर्धचेतन, कायर कुरा गर्दा कतै रुकुममा एमालेजनको अपमान भएन र ? रुकुममा राजनैतिक हिसाबले माओवादीको ठुलो संगठन होला, मजबुत र अनुशासित कमानमा काम गर्ने संगठन होला यसको अर्थ रुकुममा दल खोल्ने अधिकारै छैन, रुकुममा एमाले हुनै पाईदैन, रुकुममा एमालेमा प्रवेश गर्न नै पाईदैन, शिक्षा स्वास्थ्य, गैरसरकारी संस्थाहरु, बन उपभोक्ता संस्थाहरु, व्यापार व्ययवसाय, वकिलका कुनै पनि संगठनमा एमालेको प्रतिनिधित्व गर्न बन्देज छ । रुकुममा प्रहरी, प्रशासन, सेना वा अरु कुनै पनि सुरक्षा निकाय पनि छैन । यति सम्मकी रुकुममा एमाले भएर बाँच्न पनि सकिदैन । पक्कै पनि योगेश कमरेड का यि कायरतापुर्ण अभिव्यक्तिले रुकुमका एमालेजनहरु प्रति वा आफ्नो राजनैतिक अस्तित्व बचाएर संगठन चलाएका एमाले कार्यकर्ताहरुको अपमान भएको होला । हुन त आफ्नो पार्टी र आफ्ना कार्यकताको अपमान गर्ने वा रक्षा गर्ने अधिकार योगेश जी लाई नै छ । मुख्य कुरा रुकुममा पोलपोट भनेर कसलाई भन्न खोजिएको हो ? स्थानीय तहमा दुई जना प्रमुख काँग्रेसको छन् र चार जना माओवादीका । स्थानीय सरकारलाई नै भन्न खोजिएको हो की ? प्रदेश सांसद एमालेबाट १ जना, समाजवादी १ जना र माओवादीबाट ३ जना छन् यिनैलाई भन्न खोजिएको हो कि ? संघीय सांसद माओवादीको १ र एमालेको १ रहेको छ यिनैलाई भन्न खोजिएको हो की ? मुख्यमन्त्री माओवादीको हुँदा मुख्यमन्त्रीलाई भन्नखोजिएको हो वा रुकुमका सुरक्षा निकायका प्रमुखहरुलाई भन्न खोजिएको हो प्रष्ट त भएन ।
रुकुममा कसैको धम्की वा कसैको शासनका कारण कुन कुन ठाउमा एमालेको अस्तित्व मेटिएको छ ? आउनुस छलफल गरौं बहस गरौं र रुकुममा साँच्चै लोकतान्त्रिक व्यवस्थाको अनुभुति हुने गरि सत्ता चलाउ । योगेश जी कति अल्पज्ञानी हुनुहुन्छ भनेर बुझ्न गाह्रो छैन । ठेक्कापट्टा वा आर्थिक श्रोत एउटै परिवारको पक्षमा रहेको भनि गोहीका आँसु झार्नु भएको देखिन्छ । नेपालको आर्थिक प्रशासन कानुनहरुको अध्ययन गर्नुप¥यो कमरेड । त्यो कानुन बनाउनेमा सवभन्दा वढि तपाईकै पार्टीको हात होला । जमाना इ–विडिङमा गएको छ । कर प्रणाली व्यववस्थित भएको छ । यस्तो बेला तपाईले कस्तो दयालाग्दो कुरा उठाउनु भयो ? रुकुमका एमालेजनप्रति तपाईमा सम्मान भाव छैन भने आफुलाई भए पनि दया गर्न सिक्दा कस्तो होला ?
समग्रमा सामाचारको खास मर्म शान्ति प्रक्रियापछि कर्णाली र अझ रुकुमको समग्र विकासको तिब्र गति, जनताको जीवनस्तर, शिक्षा स्वास्थ्य लगायत समग्र रुपान्तरणपक्षलाई सहजताका साथ स्वीकार गरेको देखिन्छ । सम्पन्न भएको मध्यपहाडी लोकमार्ग, राप्ती लोकमार्गको स्तरोन्नति, एयरपोर्टहरुको स्तरोन्नति, गाउँगाउँमा सडकको ट्रयाक ओपन संगै स्तरोन्नति, गाउँगाउँमा खेलमैदान आदिबाट रुकुमको हिजोको कष्टकर जनजीवन आज आएर निकै रुपान्तरण भएको, जनताको जीवनस्तर सुधारमा माओवादी जनयुद्ध र जनयुद्धवाट उत्पादन भएका कर्णालीका नेताहरुले निकै ठूलो परिश्रम गरेको भनेर स्वीकार गरेको देखिन्छ । उहाँको अनुभुतिमा कहीँ कतै व्यक्ति वा पार्टीको नाम नजोडिएको भएता पनि देशको समग्र राज्य व्यवस्था परिवर्तन वा गणतन्त्र स्थापनापछि कर्णाली फेरिएको छ भन्ने अनुभुति गर्नुभएको छ । २०४६ साल देखि २०६३ सालसम्म लगभग १८ वर्षमा एमाले वा त्यो बेलाका दलहरुले महिला राष्ट्रपति बनाउन सकेनौ, महिला सभामुख बनाउन सकेनौ, महिला, दलित, जनजातिहरुलाई उच्च ओहदामा लिन सकेनौ । संसदमा महिला जनजाति आदि क्षेत्रमा एमालेले केही गर्न सकेन । राजदरवार हत्याकाण्डपछि नयाँ राजा र राजतन्त्रलाई पूर्णरुपमा समर्थन गर्याे । त्यो सामन्ती व्यवस्थामा समग्र कर्णाली र रुकुमको विकास सम्भव थिएन भन्ने एकखालको आन्तरिक स्वीकारोक्ति झल्किन्छ । पार्टी ठुला साना जे सुकै हुन, माओवादी जनयुद्धपछि जनयुद्धले कर्णालीमा जुन खालको नेतृत्व विकास गरेको छ त्यसकै उपज आज कर्णालीले निकै ठूलो उपलव्धी हासिल गरेको छ भन्ने स्वीकारोक्ति देखिन्छ । तत्कालिन समयमा एमालेले कागजमा निकै लोकप्रिय नारा ल्याएको भएता पनि शान्ति प्रक्रियापछि समग्र कर्णाली र रुकुमले सही नेतृत्वका कारण आज घरघरमा पानी, विजुली, शिक्षा, स्वास्थ्य, सुचना प्रविधिको पहुँच पुगेको छ ।
शान्ति प्रक्रियापछि कर्णालीमा थुप्रै राष्ट्रिय गौरबका योजनाको सुरुवात भएको छ । तत्कालिन रुकुम (हाल रुकुम पुर्व, पश्चिम)को धेरै भुभाग समेटने गरि मध्यपहाडी लोगमार्ग बनेको छ । अधिकांश विद्यालय भवन पक्कि छन्, सरकारी कार्यालयहरु सवै प्राय निर्माण सम्पन्न भइसकेका छन् । गाउँगाउँमा स्वास्थ्य चौकी, नगर तथा गाउँ अस्पतालहरु बनेका छन् । ठाँउ ठाउँमा झोलुङगे पुलहरु प्रशस्त बनेका छन्, केही मोटरेवल पुलहरु ठेकेदारका लाप्रवाहीले बन्न नसकेपनि अधिकांश ठुला पुलहरु बनेपछि एक आपसमा विभिन्न जिल्ला र स्थानीय पालिका, वडाहरु विचको आवतजावतमा निकै सहजता भएको छ । जनताको स्वास्थ्य चेतना, सरसफाई, शैक्षिक गुणस्तर आदिमा कर्णालीले फड्को मारेको छ । रुकुमको राजनीतिले आज नेपालको राजनीतिसंग हैसियत खोजेको छ । देशको अर्थमन्त्री, गृहमन्त्री, प्रदेशको मुख्यमन्त्री, मन्त्रालयहरुमा सचिव, सहसचिव, उपसचिव, प्रधानमन्त्रीका सल्लाहकार/सचिवहरु आदिमा रुकुमको पहुँच र क्षमता पुगेको छ । सरकार र सदनमा महिला, दलित, जनजाति, मधेशी समुदायको उल्लेख्य उपस्थिति भएको छ । न्याय, स्वास्थ्य, शिक्षा, निजामति क्षेत्रमा पछि परेको समुदायले अवसर पाएको छ ।
मुख्य कुरा रुकुममा पोलपोट भनेर कसलाई भन्न खोजिएको हो ? रुकुममा कसैको धम्की वा कसैको शासनका कारण कुन कुन ठाउमा एमालेको अस्तित्व मेटिएको छ ? आउनुस छलफल गरौं बहस गरौं र रुकुममा साँच्चै लोकतान्त्रिक व्यवस्थाको अनुभुति हुने गरि सत्ता चलाउँ ।
शान्ति प्रक्रियापछि रुकुमले निकै ठुलो कसरत गर्याे, क्षमताको विकास गर्याे र ऐतिहासिक अबसरहरु पायो साथै रुकुमको समग्र विकास र रुपान्तरणको नेतृत्व गर्याे । योगेश कमरेडले के पनि छुटाउनु भएको छैन भनेः माओवादी जनयुद्धवाट उत्पादन भएका नेताहरु र जनयुद्धको उपज यो लोकतान्त्रिक व्यवस्थामा महिला र दलितहरुलाई नेतृत्वमा ल्याउन सफल भएका छौं । रुकुमकै जनयुद्धको एक होनहार कमान्डर दलित समुदायको नेतालाई हामीले प्रतिनिधि सभा सदस्य बनायौं ताकी हामीले हाम्रो पार्टीमा तत्कालिन समयमा एउटा पनि नेता जन्माउन सकेनौं । रुकुमवाट प्रदेश सभा सदस्य महिलालाई बनायाै । रुकुमवाटै कर्णाली प्रदेशको मुख्यमन्त्री भएको, जनार्दन शर्मा जस्तो राष्ट्रिय स्तरको नेता रुकुमले जन्माएको कारण रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रको संगठन निकै सुदृढ, मजबुद र सैन्यकृत जस्तो भएको स्वीकार गरेको देखिन्छ । त्यो सामाचार पढदा मलाई अनुभुति हुन्छ कि रुकुमका तत्कालिन माओवादी नेता चन्द्रवहादुर विश्वकर्मा नजन्मिएको भए आज रुकुम पश्चिमवाट एमालेले संघीय प्रतिनिधि सभाको माननीय बनाउने अर्को मान्छे नै थिएन ।
योगेश कमरेड जुन अर्थमा जे भन्न खोज्नु भएको हो वा कुन दृष्टिकोणवाट भन्न खोज्नु भएको हो त्यो विषय उहाँ संगै होला । तर समग्रमा एकातिर माओवादी आन्दोलन र उपलब्धीलाई उहाँले ढुक्कसंग स्वीकार गर्नुभएको छ भने अर्को तिर बर्तमान राष्ट्रिय राजनीतिमा माओवादी र एमाले विचमा बढेको दुरीका कारण रुकुमको माओवादी नेतृत्वप्रति कतै न कतै एकखालको सूक्ष्म चित्कार छोडेको पनि आभाष हुन्छ । चित्कारकै विचवाट भएपनि रुकुमको विकास, समृद्धि र यहाँको नेतृत्वले खेलेको भूमिकालाई योगेशजीले सहर्ष स्वीकार गर्नु भएको छ ।
शान्ति सम्झौतापछि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रका नाममा जुन इमान्दारिता प्रकट गर्नु भएको छ त्यो कारणले माओवादी पार्टी फुट, असन्तुष्टि र क्षयीकरण तिर गयो । सेना समायोजनमा हदै सम्मको लचकताले जनमुक्ति सेनाका होनहार कमाण्डरहरुलाई अयोग्य बनाईयो, समायोजनमा पनि पदीय निकै ठुलो असन्तुलन भएपछि समायोजनमा योग्य भएका कमाण्डरहरुमा पनि फ्रस्टेसन उत्पन्न भयो । आज तिनै मान्छेहरु एमाले वा काँग्रेसको झण्डा बोकेर हिडेका छन् र तिनै पार्टीका नेता भएका छन् । यसप्रति माओवादीले गर्व गर्नुपर्छ । माओवादी आन्दोलनले उत्पादन गरेका नेता कार्यकर्ताहरु जुनसुकै पार्टीमा जाउन त्यो ठाउमा उनीहरु सफल हुन शुभकामना छ । संविधान निर्माणका क्रममा कतिपय शब्दहरुमै अल्झिरहेको संसदको बाटो खुलाउने काम लचकतापुर्वक प्रचण्डले गर्नुभयो त्यसवाट निकै ठुलो टिम असन्तुष्ट बन्यो । राष्ट्रिय स्वार्थमा लचक बन्दै योगदान गर्दै जाने क्रममा त्यस कुराबाट असन्तुष्ट बनेका तत्कालिन नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायत नेताहरु फ्रष्टेशनकै भुमरीबाट नेकपा भएपछि फर्केर आएनन् र अन्तत् केपी प्रवृत्तिमा लिप्सा भएपछि राजनैतिक समाधिमा पुग्नुभयो ।
केपीसंग विद्रोह गर्दा गर्दै विद्रोह गर्न नसकेर पुछर सेपेर फेरि केपीकै शरणमा जानेहरु मध्यको एक होनहार कमरेड योगेश जी पनि हुनुहुन्छ ।
एमाले माओवादी गठबन्धन संगै पार्टी एकता हुँदा पनि प्रचण्डले देखाएको इमान्दारीताबाट हामी पनि सन्तुष्ट थिएनौं तै पनि नेतृत्वको निर्देशन मान्ने हाम्रो दार्शनिक प्रवृत्ति हो, हुबहु कार्यान्वयन गर्यौं । फलस्वरुप एमाले निकट धेरै जित भयो र माओवादी निकट कमजोर भयो । एमाले काँग्रेसहरुमा बदमासी र बेईमानी छ भनेर निकै ठुलो दबाब हँुदाहँुदै पनि गठबन्धन गरियो, पार्टी एकता गरियो । एमालेवाट नेकपा बनेकाहरु मध्ये धेरै प्रतिशतले माओवादी निकटलाई मतदान गरेनन् तर माओवादीले एमालेलाई इमान्दारीतापुर्वक मतदान गरे । एमाले लाईनबाट धेरै सिट जित भयो । अन्तमा केपी प्रवृतिका कारण नेकपा तीन चिरा भयो । केपीसंग विद्रोह गर्दा गर्दै विद्रोह गर्न नसकेर पुछर सेपेर फेरि केपीकै शरणमा जानेहरु मध्यको एक होनहार कमरेड योगेश जी पनि हुनुहुन्छ ।
पछिल्लो राजनीतिलाई केलाएर हेर्ने हो भने नेपालको इतिहासमा पहिलो पटक सर्वसम्मत प्रधानमन्त्री प्रचण्डलाई नियुक्त गरियो । नेकपा एमालेको समेत विश्वासको मतबाट प्रचण्ड प्रधानमन्त्री भएपछि भ्रष्टाचारीहरुलाई पुच्छरमा आगोबाल्ने काम प्रचण्डबाट हुँदै गर्दा एमालेले राजीनामा माग गरिरहेको छ । एउटा राजनैतिक इमान्दारिदा हुनु पर्छ कि पर्दैन ? आफैले विश्वासको मत दिएपछि काम गर्न दिनु पर्दैन र ? अनि भ्रष्टाचारीलाई बचाउनका लागि सरकार किन ढाल्ने ? इमान्दारीताको अर्को नाम नेकपा माओवादी केन्द्र हो भन्ने कुरा प्रमाणित भइसकेको छ । राष्ट्रिय राजनीतिमा मुल्याङकन गर्ने हो भने कर्णालीमा निकै कमजोर भएको काँग्रेसलाई पछिल्लो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धन का कारण शक्तिमा ल्याउने काम होस वा थ्रेसहोल्ड नकटाउने समाजवादी पार्टीलाई १० सिट प्रत्यक्ष विजय गराउने देखि आफु कमजोर भएर पनि काँग्रेसलाई बलियो बनाउन जुन इमान्दारीता प्रकट भएको छ त्यो ऐतिहासिक छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थानीय तहको निर्वाचनमा गठबन्धनको मर्म विपरित काँग्रेस–एमाले गठबन्धन बन्दा पनि माओवादीले इमान्दारीतापुर्वक मतदान गरेपछि समाजवादीबाट उपमेयरका उम्मेदवार विमलकुमार पुनलाई विजय गरायो । अनि रुकुममा निषेधको राजनीति कहाँ छ ? कांग्रेस–एमाले गठबन्धन गर्दा कतै माओवादीले रोकेको छ ? झडप गरेको छ ? कांग्रेस एमाले गठबन्धनबाट माओवादीले हारेको होला तर एमालेले लोप्पा खाएको अनुभूति छ मुसिकोटमा । कहिले नहडबडाउने, नडगमगाउने, अविचलित इमान्दारीतावाट अगाडी बढेकै कारण संसदीय राजनीतिमा माओवादी सफल हुन सकेको छैन तर पनि इमान्दारीतावाट जनताको मन जित्ने महाअभियानमा माओवादी छ ।
१८ घण्टा लोडसेडिङबाट देशलाई मुक्ति दिएर उर्जा क्रान्ति र उर्जा समृद्धिको एक सुत्राधार नायक जनार्दन शर्मा नै हुनुहुन्छ । यसैले जनार्दन शर्माप्रति गिद्दे दृष्टि हो भने यो विचार परित्याग गरेर समग्र राष्ट्रको समृद्धिका लागि हातेमालो गर्नु नै बेस हुन्छ भन्ने मेरो सुझाव छ
म थोरै रुकुमको राजनीतिको कुरा गर्न चाहन्छ । कमरेड योगेश भटराईले माओवादी नेतृत्वको सफलता र योगदानको व्याख्या गर्दा गर्दै पनि अलि अलि पुर्वाग्रह थप्न भ्याउनु भएको देखिन्छ । सामन्तहरुले थिलो थिलो पारेको रुकुमलाई मुक्ति दिएर रुकुमको विकास समृद्धि संगै राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने रुकुमको नेतृत्वप्रति उहाँको गुनासो होइन होला जस्तो पनि लाग्छ । रुकुममा जनार्दन शर्माप्रति रुकुममेली जनताले निकै आशा गर्दछन् । जर्नादनप्रतिको जनताको मोह कसैले केही भन्दैमा हराउने विषय पनि होईन, आफ्ना अभिभावक, आशाका केन्द्र, संगठनका नायकप्रति जनताको आस्था र विश्वास रहनु कुनै ठरलो कुरा पनि होईन । मलाई लाग्छ नेकपा एमालेमा आस्था राख्ने होस वा नेपाली काँग्रेस वा अरु कुनै दलमा आस्था राख्ने रुकुमेलीले जर्नादन शर्माप्रति सम्मान गर्दछन् । रुकुमको विकास, समृद्धि र समाज रुपान्तरणका लागि अझ पनि जनार्दनको नेतृत्व आवश्यकता ठान्दछन् । आजका एमाले, कांग्रेस हुन वा माओवादी हिजो सामन्तहरुवाट प्रताडित भएकै हुन । सामन्तहरुको शोषण उत्पीडनवाट मुक्ति दिई जनताको शासन स्थापना गर्ने कामको नेतृत्व जनार्दन शर्माले नै गर्नुभएको हो । राष्ट्रिय राजनीतिमा पनि शान्ति प्रक्रिया सुरु भएदेखि समग्र देशको विकास, पुनः निर्माण संगै संविधान निर्माण प्रक्रियामा अध्यक्ष प्रचण्डको निकट रहेर संघीयता, धर्मनिपेक्ष राष्ट्र, समानुपातिक शासन व्यवस्था जस्ता विषयहरुलाई संविधानमा लिपिबद्ध गर्न टिम स्प्रिडमा क्रियाशिल मध्येका एक नेता भएको कुरामा कतै दुई मत छैन ।
रुकुमका जनार्दन शर्मा, लोकेन्द्र बिष्ट, हेमन्त प्रकास ओलीहरुलाई दिनदिनै झुट्टा मुद्धा लगाइन्थ्यो । सामन्तहरुको रजाई, राजा महाराजाहरुको बलमिच्याई, शोषण, दमन र उत्पीडनको पराकाष्ठा वा नमुना संकलन गर्ने हो भने कर्णालीमा छिर्नुपथ्र्यो ।
१८ घण्टा लोडसेडिङबाट देशलाई मुक्ति दिएर उर्जा क्रान्ति र उर्जा समृद्धिको एक सुत्राधार नायक जनार्दन शर्मा नै हुनुहुन्छ । यसैले जनार्दन शर्माप्रति गिद्दे दृष्टि हो भने यो विचार परित्याग गरेर समग्र राष्ट्रको समृद्धिका लागि हातेमालो गर्नु नै बेस हुन्छ भन्ने मेरो सुझाव छ । सरकारले छानबिन गरिरहेको सय किलो सुन काण्ड, ललिता निवास काण्डहरुमा एमालेकै मान्छेहरु परेका छन् भन्ने दृष्टिकोणबाट छानबिनको विरोध गर्नु भन्दा सहयोग गर्दा नै एमालेलाई फाइदा देखिन्छ । कुनै बेलाको लाउडा काण्ड, ७० करोड काण्ड, सुन बरामत गरेर पित्तल भएका केसहरुमा एमाले चुप लागेकै हो । मदन भण्डारी हत्याकाण्ड देखि राजदरवार हत्याकाण्डसम्म एमाले चुप बसेकै हो । योगेश जीले उठान गर्नुपर्ने विषयहरु राष्ट्रिय राजनीतिमा धेरै छन् कुरा उठाउनु भयो भने रुकुमको समर्थन छ । तर रुकुमको राजनीति र नेतृत्वप्रति उहाँले देखाएको तल्लो स्तरको व्यवहार र नकारात्मक इमोशनले आफैलाई नै क्षति पुग्न सक्छ ।
थोरै रुकुमको विगतको राजनैतिक इतिहास तिर जान चाहन्छु । २०३६ सालको जनमत संग्रहको आसपासको कुरा हो रे । मेरी हजुरआमा कुनै दिन कोरीबाटी चुलटी गरेर घरको ओटामा (बरान्डा) मा बसेर कर्कलाका पात केलाउदै थिइन, राजाका सिपाहीहरु आएर चुल्ठो काटिदिए, एक आना दाम जरिवाना गरेर गए । मेरो मावली हजुरबुवाले जनमत संग्रहको चुनावमा बहुदल पक्षमा भोट हालेको आशंकामा मतदान केन्द्रबाट राजाका दुतहरुले लखेटे । त्यो बेला हाम्रा हजुरआमाहरुले चुल्ठो बाट्न पाउदैनथिए, बाजेहरुले फरक मत राख्न पाउदैनथिए, राजाका घरमा खेतिपातीमा श्रमदान गर्नु रैतिहरुको दिनचर्या थियो । २०४६ सालको जनआन्दोलन संगै प्रजातन्त्र पुनःस्थापना भएपछि पनि विद्यार्थी राजनीति गरेको रिसमा रामशुर बुढा ‘बिरता’ लगायतका केही विद्यार्थीहरुलाई गाई मारेको अभियोगमा झुट्टा मुद्धा लगाइयो । रुकुमका जनार्दन शर्मा, लोकेन्द्र बिष्ट, हेमन्त प्रकास ओलीहरुलाई दिनदिनै झुट्टा मुद्धा लगाइन्थ्यो । सामन्तहरुको रजाई, राजा महाराजाहरुको बलमिच्याई, शोषण, दमन र उत्पीडनको पराकाष्ठा वा नमुना संकलन गर्ने हो भने कर्णालीमा छिर्नुपथ्र्यो ।
०६४ सम्मको रुकुमको विकासको गति यही हो, यसका बारेमा योगेशजीलाई जानकारी छैन । एकदिन आएर बहकियर बोलेका शव्दहरु कति ओजिला हुन्छन होला र ?
प्रजातन्त्र पुनःस्थापना पछि पनि कर्णाली र सुदुरपश्चिममा तिनै राजा, सामन्तहरु काँग्रेसमा छिरे, बहुदलवादीहरु पलायन भए, राजा र सामन्तहरुको शासननै काँग्रेसको शासनमा रुपान्तरण भयो । जनताले मल पाउन पनि मसालेहरुले आन्दोलन गरिदिनुपर्ने, नुन पाउन पनि आन्दोलन गरिदिनु पर्ने, नागरिकता पाउन पनि सामन्तलाई अगाडी लगाउदै पछि पछि लुखुर लुखर सिडिओ कार्यालय जानुपर्ने । प्रहरीको हवल्दार (ठान्दार) ले राजासाबलाई रिझायो भने अर्काकी राम्री श्रीमतीपनि भोग्न पाउने कहालीलाग्दो कर्णालीको इतिहास हो । प्रजातन्त्र पुनःस्थापना पछि अन्याय अत्याचारी, फटाहा, अपराधी, बलात्कारीलाई सामन्तहरुले बचाउदै गर्दा कानुनको सहाराले नभएपछि तत्कालिन मसाले भनिने जनार्दन शर्मा, यदु गौतम, लोकेन्द्र बिष्टहरुले आन्दोलन गर्दा, छलफल गर्दा सामन्तहरुलाई पुलिस ठाना भित्र हातपातै गरेको, गाउँगाउँमा कालोमोसो, जुत्ताको माला लगाएको समय धेरै भएको पनि छैन । यो कर्णाली हो । कर्णालीको उत्पीडनको व्याख्या गरेर सम्भव छैन । प्रजातन्त्रको पुनःस्थापना पछि गाँउगाउमा विकासका लहर फुटने, घरघरमा सडक, घरघरमा विजुली, घरघरमा धारा यि सवै नारा सदरमुकाममा बसेर विल बनाउनेहरुका कोटको खल्तीमा गए ।
तत्कालीन शाषकहरुले रुकुमेली जनताहरुको यसरी कत्लेआम गरेकी त्यसको वर्णन गर्न पनि सम्भव छैन् । एउटै घरका ५ जना दाजुभाईको हत्या, एकै घरका बाजे, बाबु र नातीको हत्या, रुख काटन गएको मान्छेलाई चरो झारे जस्तै गरि हत्या गरियो । १४ वर्षे बालक देखि ८४ पुगेका बाजेसम्म बाँकी रहेनन् ।
मलाई आज अचम्म लाग्छ, हरेक होटलमा केही नेता, जनप्रतिनिधि र जनताहरु जुम्ली काम्ला ओछ्यायर बसेका हुन्थ्ये, गा.वि.स. सचिव रक्सि खाएर झोल परेका हुन्थे, स्कुलका हेडमास्टरहरु साईड व्यागभरी पैसा राखेर सवभन्दा राम्रो होटलमा बसेका हुन्थ्ये, उपभोक्ता समितिका अध्यक्ष सचिवले दाइने दाब्रे हात, खुट्टाका बुढिऔला समेतको ल्याप्चे लगाउथे । एलडिओ साबले फाइल मिलेन भन्ने, जनप्रतिनिधि गएर मिलाईदिन्छु भन्ने । फाइल भनेको प्रतिशत हो । फाइल मिलेपछि रकम भुक्तानी हुने । भुक्तानी भएपछि नेता, उपभोक्ता, कर्मचारी सबै दाङ, नेपालगञ्ज, काठमान्डौं तिर हिडने । फर्किने बेला चाक्लिघाटमा बस धकेल्दै झुल्नेटा आएर बास बस्ने । २०६४ सालसम्मको रुकुममात्र होईन कर्णालीको दिनचर्या यस्तै थियो । सबभन्दा बेसी रुकुम उत्पीडनमा थियो । बाँफिकोटमा पावरहाउस बन्यो, रुकुमकोट, खलंगा, माछिमीमा बत्ति बल्यो । पोल गाडेको जमिन अन्धकारमा छ । राजाबसेका गाउ झिलिमिली । ०६४ सम्मको रुकुमको विकासको गति यही हो, यसका बारेमा योगेशजीलाई जानकारी छैन । एकदिन आएर बहकियर बोलेका शव्दहरु कति ओजिला हुन्छन होला र ? प्रजातन्त्र पुनःस्थापनापछि पनि जनताले न्याय पाउन नसकेपछि २०५२ सालमा प्रचण्डको नेतृत्वमा जनयुद्धको शंखघोष भयो । दश बर्षे जनयुद्धमा सबभन्दा धेरै शहिद रुकुममा भए ।
रुकुमको २०६४ पछिको निर्वाचनको परिणामको अध्ययन गर्नुहोला वा योगेश जी को आफ्नो जिल्लाको निर्वाचनको परिणाम हेर्ने हो भने रुकुम कहिले पनि पछि परेको छैन । रुकुम अगाडी वढिरहेको छ वा रुकुमले नेतृत्वको विकल्प खोजेको छैन । तर योगेश जीको जिल्लामा हेर्ने हो भने उहाँहरुको विकल्प जनताले खोजिरहेका छन् ।
तत्कालीन शाषकहरुले रुकुमेली जनताहरुको यसरी कत्लेआम गरेकी त्यसको वर्णन गर्न पनि सम्भव छैन् । एउटै घरका ५ जना दाजुभाईको हत्या, एकै घरका बाजे, बाबु र नातीको हत्या, रुख काटन गएको मान्छेलाई चरो झारे जस्तै गरि हत्या गरियो । १४ वर्षे बालक देखि ८४ पुगेका बाजेसम्म बाँकी रहेनन् । कक्षामा पढाइरहेका शिक्षक देखि खोप लगाइरहेका स्वास्थ्यकर्मीहरु बाँकी रहेनन् । गर्भवती देखि सुत्केरी आमाहरु बाँकी रहेनन् । १४ वर्षे बालिका देखि ७० पुगेका बज्जैहरुको बलात्कार पछि हत्या, बाँकी रहेन् । निकै ठुलो कत्लेआम भयो, निकै याताना दिएर हत्या गरियो । खुट्टाका जांग च्वाएर, नङमा पिन ठोकेर, ब्लेडले चिरेर नुनचुक खुर्सानी हालेर, मृत्युको शैयामा पुगेको मान्छेले पानी पानी भन्दा मुखमै पिसाब गरियो पिसाबको घुट्का पिएर प्राण त्याग गरेका योद्धाहरु पनि कम छैनन् । आमाहरुका काखै रित्तो हुँदा, बाउहरुको बंश नै नाश हुँदापनि रुकुमेलीहरु माओवादी जनयुद्धलाई सफलता तिर धकेल्न पछि हटेनन, अन्तिम सासमा पनि माओवादी जिन्दावाद, नेपाली जनयुद्ध जिन्दावाद, प्रचण्डपथ जिन्दावाद भनेर आफ्नो प्राण त्याग गरेका छन् । आँखै अगाडी आफ्नो छोरा छोरीको लास हुँदा हुँदै पनि दुईथोपा आँसु बगाउन नपाएका महान आमाहरु कति छन् । योगेश जी तपाईहरुले चलाएको राज्य सत्ताले रुकुमलाई दिएको उपहार यही हो । तपाईहरुको निर्देशनमा भएको कत्लेआमको बदला होईन रुकुमेलीहरुले परिवर्तन, रुपान्तरण र समृद्धि चाहन्छन् । त्यसैले रुकुमको नेतृत्वले हिजो जनयुद्धको महाअभियानमा खेलेको भूमिका होस या त्यो बेलाको रुकुमको नेतृत्वले देखाएको साहास होस आज शान्ति प्रक्रिया पछि रुकुमेली जनताको लागि नेतृत्वले खेलेको भूमिकाको उच्च सम्मान गर्छन ।
रुकुमको २०६४ पछिको निर्वाचनको परिणामको अध्ययन गर्नुहोला वा योगेश जी को आफ्नो जिल्लाको निर्वाचनको परिणाम हेर्ने हो भने रुकुम कहिले पनि पछि परेको छैन । रुकुम अगाडी वढिरहेको छ वा रुकुमले नेतृत्वको विकल्प खोजेको छैन । तर योगेश जीको जिल्लामा हेर्ने हो भने उहाँहरुको विकल्प जनताले खोजिरहेका छन् । त्यसैले रुकुमेलीहरु रुकुमको माओवादी केन्द्रको नेतृत्व प्रति गर्वका साथ विश्वास गर्छन दुई दिन रुकुमको भ्रमण गरेर पुरै रुकुमको फेहरिस्त बोल्ने अधिकार कसैलाई छैन । यसरी गरिएको चित्कार पनि कसैले सुन्दैन । योगेश जी ले जति चित्कार छोडेपनि यसले रुकुमको राजनीति वा रुकुमको नेतृत्वको राष्ट्रिय राजनीतिमा कुनै फरक पर्ने छैन ।
लेखक नेकपा माओवादी केन्द्र मुसिकोट नगर समितिका अध्यक्ष हुनुहुन्छ ।