तत्कालीन राज्य व्यवस्थाले जनताका हरेक हक अधिकार लाई हस्तक्षेप गरेर सामान्य मानिसहरूको जीवनमा विभिन्न प्रकारका विभेद गरी दुःख दिने, थिचोमिचोमा पार्ने, दमन गर्ने जस्ता कैयौँ कुराहरू विरुद्ध २०५२ साल फागुनमा १ गते तत्कालीन नकपा माओवादीद्वारा दश वर्षे महान् जनयुद्धको उद्घोष भयो । र जनयुद्ध गरिब, निमुखा र सर्वहारा, श्रमजीवी वर्गको मुक्तिका निमित्त एक मुक्ति कामी आन्दोलनको रूपमा स्थापित भयो । नेपाली जनतालाई संविधानसभा सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थामा परिवर्तन गरायो । थुप्रै उत्पीडित वर्ग, जातजाति, धर्म, समुदाय लगायत आम जनतालाई धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायतका थुप्रै अधिकारहरू दिलाउन सफल भयो । नेपालका राजाका रैतीका रूपमा रहेका नेपालीहरूलाई सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिक बनाउन सफल भयो । हामी सबै त्यसै जनयुद्धका उपज हौँ ।
तर माओवादी पार्टी शान्ति प्रक्रियामा आइसकेपछि विभिन्न प्रकारका टुट फुट र विभाजनको कारण थुप्रै क्रान्तिकारी बाँकी कार्यभार पुरा गर्न असहज भइरहेको जस्तो महसुस मलाई हुन्छ । हिजो जनयुद्धताका जनता सामु देखाएका कैयौँ सपनाहरू पुरा गर्नुको साटो हिजो जनयुद्धकलामा नेतृत्वकर्ताको रूपमा रहेका थुप्रै नेताहरू नै वैचारिक रूपमा एकताबद्ध नहुँदा माओवादी आन्दोलन माथि प्रतिक्रियावादी शक्तिहरूले धावा बोल्ने र माओवादी आन्दोलनमालाई असफलता तिर धकेल्ने खतरा दिन प्रतिदिन बढ्दै गइरहेको छ । त्यस कारण सम्पूर्ण माओवादी शक्तिहरू एक भई माओवादी आन्दोलनलाई लाई पुनर्ताजकी गर्नुपर्ने र आम नेपाली जनताको मर्म अनुसारको काम गर्ने अभिभारा माओवादी पार्टी सामु आएको छ।
हार्दिका नेपाली बाँफिकोट रुकुम पश्चिम ।